नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदर घट्यो

नेपालमा पाँच वर्षको अवधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ ।

यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा प्रतिएक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।

पूर्ण स्तनपान गराउनेको संख्या घट्दै

यस्तै सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको पाँच महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो ।

सन् २०११ को सर्वेक्षणमा ७० प्रतिशत, सन् २००६ को सर्वेक्षणमा ५३ प्रतिशत, सन् २००१ को सर्वेक्षणमा ६८ प्रतिशत र सन् १९९६ को सर्वेक्षणमा ७५ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका थिए तर अहिलेको सर्वेक्षणमा विगतभन्दा १० प्रतिशतले महिलाले कम स्तनपान गराएको पाइएको छ ।

पुड्कोपनमा सुधार

यस्तै नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा ११ प्रतिशले कमी आएको छ । सर्वेक्षणअनुसार पुड्कोपना बालबालिकामा हुने झरेर २५ प्रतिशतमा आएको छ । जबकी पाँच वर्षअघि (सन् २०१६) को यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको उल्लेख गरेको छ ।

विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०११ मा ४१ प्रतिशत सन् २००६ मा ४९ प्रतिशत, सन् २००१ र १९९६ मा समान ५७/५७ प्रतिशत रहेको छ । नेपालमा गरिएको सर्वेक्षणमा बालबालिका हुने पुड्कोपनमा क्रमशः घट्दै गएको देखिन्छ । सबैभन्दा धेरै पुड्का बालबालिका कर्णाली प्रदेशमा रहेका छन् ।

कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । पाँच वर्षअघि कर्णालीका ५४.५ प्रतिशतमा पुड्कोपन रहेको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker