तनहुँको व्यास नगरपालिकाले घरदैलोमा पुगेर एकीकृत सेवा दिने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले घरदैलोमा पुगेर एकीकृत सेवा प्रदान गर्ने भएको छ । नगरवासीको सुविधाका लागि नगरपालिकाले घरदैलोमा पुगेर एकीकृत सेवा प्रदान गर्न घुम्ती शिविर आयोजना गरेको हो ।

नगरपालिकाले पुस ११ गतेदेखि २० गतेसम्म बजार क्षेत्रका २, ३ र ४ वटा वडा बाहेक अन्य वडामा घुम्ती शिविर आयोजना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनले भने, ‘सर्वसाधारणलाई सेवा लिनका लागि सदरमुकासम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत् एकीकृत सेवा उपलब्ध गराउन लागेका हौ ।’

घुम्ती शिविरमार्फत् प्रशासन शाखा र पञ्जिकरण इकाई अन्तर्गत सामाजिक सुरक्षाभत्ताको कार्ड वितरण, व्यक्तिगत घटना दर्ता, योजना शाखा अन्तर्गत योजना सम्झौता, किस्ता सिफारिस, कृषि उपशाखा अन्तर्गत बालीहरुमा देखा पर्ने रोगको जैविक विषादी वितरण गर्ने, जनेचतना अभिवृद्धि गर्ने, तरकारीहरुको उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या शाखा अन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण सेवा, एचआइभी, टिवी, औलो रोग परीक्षण, कोभिड १९ खोप सेवा, आङ खस्ने समस्या जाँच र उपचार, औषधी वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा, दुइ वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन र पोषण सम्बन्धी सेवा प्रदान गरिनेछ ।

आयुर्वेद इकाई अन्तर्गत विभिन्न २५ किसिमका औषधी वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धी ज्ञान, पशुपंक्षी उपशाखा अन्तर्गत पशु स्वास्थ्य सेवाका लागि उपचार, रोग निदान, माइनर सर्जिकल सेवा, पशु स्वास्थ्यका लागि औषधी वितरण, भ्याक्सिन सेवा प्रदान गरिनेछ ।

महिला बालबालिका तथा समाजकल्याण उपशाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, महिला विकास सम्बन्धी जनचेतना अभिवृद्धि प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker