दिवाकालिन ज्येष्ठ नागरिक आश्रमको अध्यक्षमा गौतम चयन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ मा रहेको भजन संकृतन समूहद्वारा संचालित दिवाकालिन ज्येष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् ।

संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गरेको हो । कार्यवाहक अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनमा वयोवृद्ध मानसिंह थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

अधिवेशनले उपाध्यक्षमा आइतमाया थापा, सचिवमा शरण खनाल, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सह कोषाध्यक्षमा पदम कुमार श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा तेजप्रसाद अधिकारी, खुमा थापा, राजकुमार श्रेष्ठ, रोशन खनाल, शोभा खनाल, दिलमाया आले, र अमृता खनाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष गौतमले सबैको साथ र सहयोगले यो सस्था यहाँसम्म आईपुगेको हुँदा संस्थाको आवश्यकता र मर्म अनुसार काम गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker