सामुहिक श्रमदान

तनहुँको बन्दिपुर गाउँपालिका-१ उपल्लोफाँटटोल बिकास समितिका सदस्यहरू सडकको नाला निर्माणका लागि सामुहिक रुपमा श्रमदान गर्दै । स्थानीय उपभोक्ताहरुले पालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँबाट निर्माण गरिने बाटोको नाला निर्माण, कटिङ, ग्रावेल गर्ने लगायतका कार्यमा श्रमदान गर्दै आएका छन् । कम रकम विनियोजन, धेरी कामको इष्टमेट गरिएको हुँदा काम गर्न समस्या भएको उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले बताए । तस्विर : भञ्ज्याङ










