चेपाङको घर न ढोका न झ्याल

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर स्थित राम्चेमा बसोवास गरेका चेपाङ समुदायको घर । दाउराको झिंगटाले बारबेर गरी खरले छाइएको घरमा ढोका, झ्याल पनि छैनन् । चरम गरिवीबाट गुज्रिएका यहाँका चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि सरोकारवाला निकायले खासै ध्यान पुर्याउन सकेका छैनन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










