भानुको चुँदीवेशी खानेपानी योजनाबाट ४२ घरधुरीलाई खानेपानी

डिपि अधिकारी/भञ्ज्याङ

तनहुँको भानु नगरपालिका-२ मा चुँदीवेशी खानेपानी योजनाबाट ४२ घुरधुरीलाई खानेपानी व्यवस्थापन गरिएको छ । नगरपालिकासंग समन्वय गरी रिकभर परियोजना अन्तर्गत उक्त योजना निर्माण गरी घरघरमा खानेपानीको धारा पुर्‍याइएको हो । परियोजनाले सञ्चालन गरेको आवास पुनःनिर्माण, जीविकोपार्जन र खानेपानी योजना लगायतका कार्यक्रम गरी विपन्न समुदायको जिविकोपार्जनमा टेवा पुर्‍याउँदै आएको छ ।

परियोजनाले नगरपालिका भित्र सञ्चालन गरेको कार्यक्रममको नगरप्रमुख आनन्दराज त्रिपाठी सहित सरोकारवालाहरुको टोलीले बुधबार स्थलगत अनुगमन गेको छ । टोलीले भानु-२ मा रहेको ठुलोपँधेरो खानेपानी योजनाको पानी संकलन ट्याँङ्की, पाइपलाइन, धाराको अनुगमन तथा स्थानीयसँग योजनाको बारेमा छलफल गरेको छ । छलफलका क्रममा परियोजनाले सञ्चालन गरेको कार्यक्रमबाट जीविकोपार्जनमा सहजता भएको बताएका थिए । यस्तै, भानु-४ मा कृषक पाठशालाको माध्यमबाट स्थानीयको तरकारी उत्पादनमा क्षमता बृद्धि गरेको सो पाठशालाका संयोजक पुरुषोत्तम श्रेष्ठले बताए ।

अनुगमनका क्रममा नगरप्रमुख त्रिपाठीले स्थानीयको समस्या समाधानको लागि नगरपालिका सदैव तयार रहेको र कुनै पनि बिकास संरचनाको निर्माण गर्दा स्थानीयको अर्थपूर्ण सहभागिता भएमा योजना दिगोरूपमा रहने र अपनत्वको भावना विकास भई प्रभावकारितामा बृद्धि हुने बताए ।

परियोजनाले २०७२ सालको भूकम्पमा परि विभिन्न जोखिमताका कारण हालसम्म आवास पुनःनिमाण गर्न नसकेका अति जोखिमयुक्त घरपरिवारको लागि विभिन्न योजना अन्तर्गत आवास पुनःनिमाण गरिरहेको बताइएको छ । परियोजना सहयोगमा निर्माण गरिएका दुइ वटा घरको टोलीले स्थलगत निरीक्षण गरी घर निर्माणको गुणस्तरियता र अन्य पक्षमा छलफल गरेको थियो ।

चरम गरिबी, पर्याप्त जग्गाको अभाव, कार्यशक्तिको अभाव, भरपर्दो रोजगारीको अभाव आदि जस्ता समस्याहरूको कारणले जोखिमतामा परेका घरपरिवारका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने नगरपालिकाकी उपप्रमुख उमा गोतामेले प्रतिबद्धता ब्यक्त गरिन ।

जीविकोपार्जनमा सुधार ल्याई योजना सहभागी (लाभग्राही)को जीवनमा सकारात्मक परिबर्तन ल्याउन परियोजनाले विभिन्न क्रियाकलापहरू गर्दै आएको छ । सीप तथा प्रविधिको हस्तान्तरण, स्थलगत ब्यवहारिक तालिम, नविन प्रविधिको अभ्यास लगायतका विभिन्न गतिविधि मार्फ भानु नगरपालिकामा कृषि तथा पशुपंक्षीजन्य उत्पादनमा सुधार ल्याउने गरी कार्यक्रम सञ्चालन गरिएको परियोजनाले जनाएको छ ।

अनुगमनमा सहभागि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले परियोजनाको प्राविधिक सहयोगमा स्थानीयले गरेको उत्कृष्ट ब्यवस्थापन मार्फ लोभलाग्दो उत्पादन गरेको बताए । उनले भने, ‘परियोजनाले प्रदान गरेको ब्यवहारिक सीप तथा ज्ञानको हस्तान्तरणले स्थानीयको क्षमतामा सकारात्मक परिबर्तन ल्याएको देखिन्छ । गैरसरकारी संस्थाले प्रभावकारी रूपमा कार्यगरेको र आवश्यक सहयोग, समन्वयका लागि ज्ञान केन्द्र सदैब तयार रहेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा, सप्रोस नेपालका कार्यक्रम प्रबन्धक भानु लिम्बु लगायनले स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले प्राविधिक तथा प्रकियागत रूपमै आवश्यक बजेटको विनियोजन गरी कृषि, आवास र खानेपानी योजनाको निर्माण तथा पुनःनिमाणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

रिकभर परियोजना सिआरएस नेपाल, लमुन्ती आवासको लागि सहयोग समुह र सप्रोस नेपालको सहकार्यमा कास्की, तनहुँ, लमजुङ, मकवानपुर र चितवनका १५ पालिकाहरूमा सञ्चालित रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker