वडा नं. ५ ले जित्यो छैटौ घिरिङ अध्यक्ष कपको उपाधि

भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिकामा आयोजित छैटौं घिरिङ अध्यक्ष कप प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ ।

गाउँपालिकाको समन्वयमा खेलकुद विकास समिति घिरिङको आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म पोखरीछाप खेल मैदानमा छैटौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो ।

बिहीबार सम्पन्न भएको सो कार्यक्रममा वडा स्तरीय भलिबल प्रतियोगिता बाट पुरुष तर्फवडा नं ५ प्रथम भएको छ । यस्तै वडा नं १ द्दितिय र वडा नं २ तृतीय भएको छ ।

विजेताहरुलाई प्रथम पुरस्कार ७० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, तृतीय पुरस्कारमा ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको थियो ।

यसैगरि भलिबल खेलको महिला तर्फ वडा नं २ ले प्रथम स्थान हासिल गरेको छ । वडा नं १ द्वितीय र वडा नं ४ तृतीय स्थान हासिल गरेका छन ।

महिला तर्फको प्रथम पुरस्कार ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय पुरस्कार ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने तृतीय पुरस्कार १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker