नवौँ राष्ट्रिय खेलकुदः उद्घाटनसहित आठ खेल सुरु हुँदै

बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

उद्घाटन समारोहसहित आज प्रतियोगिताका विभिन्न आठ खेल सुरु हुँदैछन् । कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९ देखि सुरु हुने खेलतालिका रहेको छ । टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा आजदेखि सञ्चालन हुनेछन् । यसैगरी तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौँमा हुनेछ ।

राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ । सेना चार स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण र तीन रजत गरी सात पदक जितेर सेनालाई पछ्याइरहेको छ।

गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका अन्य आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका खेल सञ्चालन गरिएको छ । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलुदको अपनत्व सबै प्रदेशवासीलाई गराउने उद्देश्यसहित सबै जिल्लामा कम्तीमा एक खेल खेलाउने योजना रहे पनि मौसम, पूर्वाधारलगायतका कारणले तीन जिल्लामा सम्भव नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडी सहभागी हुँदैछन् । त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजार हाराहारीमा प्रतियोगितामा सहभागिता रहने बताइन्छ ।

नेपालमा विसं २०३८ देखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । राष्ट्रिय खेलकुद आयोजनाले चार दशक पार गरिसकेको छ । हेरक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद हुने भए पनि राजनीतिक तथा विभिन्न कारणले सोअनुसार हुनसकेको छैन । राष्ट्रिय खेलुदको पहिलो संस्करण विसं २०३८ भदौ २७ देखि असोज ४ सम्म राजधानी काठमाडौँमा भएको थियो । सुरुआतमा देशका १४ अञ्चलको प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने गरेको थियो ।

विसं २०४० मा पोखरामा दोस्रो संस्करण हुँदा, विसं २०४२ मा तेस्रो संस्करण वीरगञ्जमा भएको थियो । तेस्रो आयोजनाको १३ वर्षपछि विसं २०५३ मा नेपालगञ्जमा चौथो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गरियो । गणतन्त्र स्थापनापछि विसं २०६५ मा राजधानी काठमाडौँमा पाँचौँ संस्करण भयो । सुदूरपश्चिममा विसं २०६८ मा छैटौँ संस्करणको राष्ट्रिय खेलकुद भएकामा सातौँ संस्करण विराटनगरमा विसं २०७३ मा आयोजना गरियो । नेपालगञ्जमा विसं २०७५ चैतमा आठौँ राष्ट्रिय खेलकुद भएको थियो । आठौँ राष्ट्रिय खेलकुदको साढे तीन वर्षपछि गण्डकी प्रदेशमा अहिले नवौँ सुरु भएको हो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker