नियमविपरित सञ्चालित दमौलीका आयुर्वेद पसलमा व्यासले लगायो ताला

भञ्ज्याङ न्यूज

तनहुँको दमौलीमा नियमविपरित सञ्चालित आयुर्वेद पसलहरुमा व्यास नगरपालिकाले ताला लगाएको छ । नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गर्दा नियमविपरित ओपिडि सहित सञ्चालित सात वटा पसलहरुमा ताला लगाई सिल गरेको हो ।

अनुगमनको क्रममा व्यास-२ स्थित रुक्शल आयुर्वेद फर्माले स्थानीय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरी बिरामी परीक्षण गर्ने गरेको पाईएपछि सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

त्यस्तै आरोग्य फार्मेसीले स्थानीय तहमा दर्ता नगरेको, एलोपेथि र होमोपेथि औषधी दुबै बिक्री गरेको, औषधी खुल्ला रूपमा भेटिएको, फार्मेसी मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईएपछि सिल गरिएको उनले बताए ।

व्यास-२ गणेशमान चोकमा रहेको अनमोल आयुर्वेद स्वास्थ्य क्लिनिकले नविकरण नगरेको, क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथि औषधी बिक्री गर्ने गरेको पाईएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनका अनुसार उक्त क्लिनिकलाई सिल गरी फार्मेसी मात्र संचालन गर्न दिईएको छ भने एक सातामा पसल नविकरण गर्न निर्देशन दिईएको छ।

व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको, ल्याव र क्लिनिक सञ्चालन दर्ता नभएको पाईएको छ । उक्त ल्याब र ओपिडिलाई पनि सिल गरिएको प्रमुख सोतीले बताए ।

आयुष होमियो फर्मामा होमियोप्याथि पसल दर्ता चलानी नै नभएको, म्याद सकिएको औषधी फेला परेको, औषधी पसल दर्ता गरी क्लिनिकको रूपमा सञ्चालन गरेको भेटिएपछि उक्त पसल पनि सिल गरिएको छ ।

यस्तै, व्यास-२ सत्यवति माध्यमिक विद्यालय अगाडी रहेको स्पार्क दमौली अस्पताल स्थानीय तहमा दर्ता नै नभई संचालनमा गरिएको हुँदा सिल गरिएको छ ।

प्रकाश आयुर्वेदिकले आयुर्वेद पसलमा दर्ता गरी एलोपेथि औषधी बिक्री गर्ने गरेको, औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परीक्षण गरेको भेटिएको व्यासका जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् । उनको अनुसार उक्त पसलबाट एलोपेथि औषधी बरामद गरी सिल गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा गरिएको अनुगमनमा जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डल लगायतको टोली अनुगमनमा खट्टएिको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker