स्टिभ जब्सले बनाएको पहिलो कम्प्युटर बिक्रीमा, मूल्य २० करोड रुपैयाँ

जब एप्पल कम्पनीका संस्थापक स्टिभ जब्ससँग सम्बन्धित कुनै संस्मरणात्मक सामाग्रीहरु लिलामीका लागि राखिन्छन् तब त्यस्ता वस्तु खरीद गर्नका लागि मानिसहरुमा हानथाप हुन्छ । हालै स्टिभ जब्सले बनाएको पहिलो चरणको एक कम्प्युटर करोडौँ रुपैयाँमा बिक्रीमा राखिएको छ ।

एप्पलका संस्थापक जब्स र अर्का संस्थापक स्टिभ बोज्नियाकले बनाएको एप्पल वान कम्प्युटर हालै १५ लाख अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।

अनलाइन सपिङ साइट इ बे मा उक्त एप्पल वान कम्प्युटर त्यति महंगो मूल्यमा बिक्रीमा राखिएको हो ।

इबेमा राखिएको उक्त कम्प्युटरको विवरणमा लेखिएको छ, ‘यो निकै दुर्लभ अवसर हो । किनकी अहिले विश्वमा काठको खोलमा राखिएका एप्पल वानको Byte Shop KOA कम्प्युटर केवल ६ वटा मात्र बाँकी छन् । त्यसमध्ये अधिकांश त म्युजियममै रहेका छन् । साथै यो कम्प्युटर चालू हालतमा छ । साथै वर्षौंदेखि यसलाई धूलो तथा खिया लाग्नबाट निकै उत्तम तरिकाले जोगाइएको छ ।’

आजभन्दा ४५ वर्ष पहिले सन् १९७६ मा बनेको उक्त कम्प्युटर वास्तवमै दुर्लभ कम्प्युटर हो ।

यो कम्प्युटरसँगै स्केम्याटिक्स, बेसिक म्यानुअल, क्यासेट इन्टरेफेस तथा गाइड्स लगायतका सामाग्री समेत पाइनेछ ।

एप्पल वान कम्प्युटरमा बेसिक ल्यांग्वेज, गेम्स, लो एण्ड हाई मेमोरी टेष्ट लगायतका सफ्टवेयर छन् ।

जब्स र वज्नियाकले सन् १९७६ मा निर्माण गरेयो एप्पल वान कम्प्युटर एप्प्ल कम्पनीले बेचेको सबैभन्दा पहिलो प्रडक्ट पनि हो । सन् १९७७ मा उत्पादन बन्द गरिएको एप्पल वान जम्मा २ सय गोटा उत्पादन गरिएको थियो । त्यस समय एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker