म्याग्देमा महिलालाई झोला बनाउने तालिम

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जीवन परिवर्तन गर्न सकरात्मक सोचका साथ अगाडि वढनुपर्ने बताएका छन् ।

उनले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमद्वारा म्याग्दे गाउँपालिका-५ मा सचालन गर्न लागिएको सिलाई तथा व्याग बनाउने तालिमको सोमबार उद्घाटन गरेका छन् ।

‘जीवन परिवर्तन गर्न सिकेको सिपलाई व्यवहारमा परिवर्तन गर्नुपर्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘सीप भएको मानिस सधै व्यवसाय अगाडि बढाउन सकरात्मक सोच राख्दा मनग्य आम्दानी गर्न सकिन्छ ।’

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले झोला बनाउने तालिम महिलाको जीवनमा आयआर्जन गर्न प्रभावकाकारी हुने बताए । व्यवसायी बन्नेहरूलाई आवश्यक पहिचान गरि गाउँपालिकाले व्यवसाय गर्न सहयोग गर्ने उनको भनाइ थियो।

वडाध्यक्ष अध्यक्ष शिववहादुर आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य चिनिमाया थापा, अधिकृत प्रदिप न्यौपाने लगायतकाले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दा आम्दानी गर्न सकिने धारणा व्यक्त गरे ।

१५ दिनसम्म सञ्चालन हुने उक्त तालिममा ६ प्रकारका झोला निर्माण गर्ने लक्ष्य रहेको अधिकृत प्रदिप न्यौपानेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker