अखण्ड भारत कि ग्रेटर नेपालको ?

सीता ओझा

अखण्ड भारत भन्ने वाक्यांश भारतलाई हिन्दू राष्ट्रको रूपमा परिकल्पना गर्न प्रयोग शब्द मात्रै हो । अखण्ड भारतको नक्सामा पाकिस्तान, बंगलादेश मात्रै देखाए पनि सगैं आसपासका अरू धेरै देशहरू जोडिन्छ ।

अविभाजित भारतको उद्देश्य अनुरूप अविभाजित भारतबाट अलग भएका सबै देशहरूलाई सिङ्गो भारत भनेर व्यापारीक हिसाबले आफ्नो विस्तारवादी सोच र प्रभावले अतिक्रम गर्न खोजेर ल्याएको ब्यापारीक र राजनीतिक निषेधको नीति हो । यस्तो नीतिको विरोध नेपालले आफ्नो र्सार्वभौमिकता र स्वाभिमानको लागि आन्तरिक विचार, विमर्श/परामर्श गर्दै कुटनैतिक रूपले आफ्नो उत्पादन, आयात र निर्यातमा परनिर्भर हुँदै आत्मरक्षाका अनेकौं उपायहरूको प्रयोग गर्दै हल गर्न सक्नुपर्छ । यसको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सरसहयोग र अदालतसम्म पुग्न सक्ने आधार तयार गर्नु पर्ने देखिन्छ ।

नेपालले जस्तै अखण्ड भारतको नक्शाभित्र परेका देशहरू जो अविभाजित भारतको पुनःनिर्माणको विषयसँग जोडेर अखंड भारतको निर्माणसँग जोडेको छ ती देशहरूसँगको सहकार्यात्मक दृष्टिकोण पनि बनाउन जरूरी देखिन्छ । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वैचारिक रूपमा हिन्दू एकता र ‘शुद्धिकरणको नाममा जोडेर अखण्ड भारतको संज्ञा दिन खोजेको विषयसँग भारत मै बसोबास गर्ने मुस्लिम,जैन लगायतका धर्मावलम्बी र स्वतन्त्र अस्तित्व भएका विद्वानहरू र विभिन्न राजनीतिकज्ञसँग पनि वैरवी गर्न जरूरी देखिन्छ । अखण्ड भारत नामक सोचको श्रोत होवे शेषाद्रीले द र्ट्याजिक स्टोरी अफ पार्टीशन नामक पुस्तक हो । जसमा अखंड भारतको विचारको महत्त्वलाई जोड दिएर लेखिएको छ ।

अखण्ड भारतको अर्को तथ्य सरसंघचालक मोहन भागवतको कथन संघको अखबार आयोजकमा प्रकाशित भएको थियो त्यसमा अखण्ड भारत र सम्पूर्ण समाजले मात्र वास्तविक स्वतन्त्रता ल्याउन सक्छ भनेर भनिएको थियो । हिजोको गण, कविलामा रहेको समाज विस्तार हुँदै राज्यमा परिणत हुनेक्रममा नदी, जलासय नै मानव बस्तिको केन्द्र बन्यो । यस्ता ठाउँमा बसोबास गर्दा मानिसको जीवन यापन सरल हुन सक्थ्यो ।

मानवीय सरलताभित्रको मानवीय महत्त्वकाँक्षाले राज्यको परिकल्पना, श्रोत र साधनको प्रयोग र परिचानसँग शक्ति र पहुँचको प्रभावको विषयले महत्त्व पायो । शक्ति र पहुँचको प्रभावसँग राज्यको विस्तार पनि जोडियो र शक्तिमा कम्जोरहरूलाई शक्तिशालीहरूले अधिनमा राखे । वर्तमान परिस्थितिमा अखण्ड भारतको अवधारणा आत्मरतिमा रमाउने कल्पना मात्रै हो । यो कुरा भारतीय शासकहरूले हिन्दूवादी र अन्य राजनीति दलहरूले बुझन जरूरी छ ।

अर्को बुझनै पर्ने विषय हो बृहत्तर भारत !

विस्तारवादीहरूले कहिले काहीँ एउटै विषय वा वस्तुका हजारौं नाम दिएर झुक्याउन खोज्छन् । यस्तो बेला अखण्ड भारतको नामलाई भारतीय सांस्कृतिक क्षेत्र, दक्षिण र दक्षिणपूर्व एशियाका धेरै देशहरू र क्षेत्रहरू मिलेर बनेको क्षेत्र हो । यो ऐतिहासिक रूपमा भारतीय संस्कृतिबाट प्रभावित थियो भन्न सक्छन्। त्यस्तो बेला उसको प्रभाव र व्यापारको घेरामा पर्न नचाहानेहरूले यी क्षेत्रहरू विभिन्न आदिवासीहरूका विभिन्न संस्कृतिहरू मिलेर क्षेत्र हो । यी क्षेत्रमा विभिन्न समुदायको गण, कविला हुँदै राज्य बन्ने क्रममा कहिले मुस्लिम र कहिले हिन्दू र अंग्रेजले पनि यो भुमिमा शासन गर्ने पुगे भन्ने हेक्का राख्नुपर्ने हुन्छ।

प्रारम्भिक भारतमा दक्षिणपूर्व एशियाई प्रभाव, विशेष गरी हिन्दू धर्म र भारतीय पौराणिक कथाहरूको गठनमा स्थायी प्रभाव थियो। त्यसको आधार भुमि नेपालको पासपत र कौशिक प्रदेश हो -कास्की पुर्व नारायणी नदीको किनारको क्षेत्र) । हिन्दू धर्म आफैंमा विभिन्न विशिष्ट लोक धर्महरू मिलेर बनेको छ । यो वैदिक काल र त्यसपछिका कालखण्डमा विभिन्न नाममा विलय भयो। भारतीय उपमहाद्वीप र विभिन्न सांस्कृतिक रेखा मार्फ सांस्कृतिक रूपमा जोडिएका छिमेकी देशहरूका लागि यो छाता शब्द थियो र हो । जम्बुदिप भुमिसँग जोडिएका सबै देशहरू एकअर्काबाट सांस्कृतिक र संस्थागत तत्वहरूको स्वीकृति र स्व आत्मसात गरेर विभिन्न स्तरहरूमा परिवर्तन भएर स्वीकार गर्दै आएको अवस्था छ र हो ।

लगभग ५०० इसा पूर्वदेखि एशियाको व्यापक भूमि र समुद्री व्यापारले लामो समयसम्म सामाजिक-आर्थिक र सांस्कृतिक उत्तेजना र यस क्षेत्रको ब्रहृमाण्डविज्ञानमा हिन्दू र बौद्ध विश्वासहरूको फैलावटको कारण बन्यो।विशेष गरी दक्षिणपूर्व एशिया र श्रीलंकामा यसमा पर्दछन् । मध्य एशियामा मुख्यरूपमा विचारहरूको प्रसारणको प्रभाव रहेको थियो र त्यो धार्मिक प्रकृतिको थियो । त्यस्तै इस्लाम धर्मको प्रभाव र फैलावटले पनि बृहत्तर भारतको इतिहासको पाठ्यक्रममा उल्लेखनीय परिवर्तन ल्यायो । बृहत्तर भारतको बिस्तृत भौगोलिक रूपयश प्रकार रहेको छ ।

– गाढा सुन्तलाः भारतीय उपमहाद्वीप -बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका) हल्का सुन्तलाः दक्षिणपूर्व एशिया सांस्कृतिक रूपमा भारतसँग जोडिएको, विशेष गरी ब्रनाई, कम्बोडिया, पूर्वी टिमोर, इन्डोनेसिया (पश्चिमी न्यू गिनी बाहेक), लाओस, मलेसिया । म्यानमार (बर्मा), सिंगापुर, दक्षिण भियतनाम (चम्पा) र थाइल्याण्डपहेंलोः महत्त्वपूर्ण भारतीय सांस्कृतिक प्रभाव भएका क्षेत्रहरू, विशेष गरी फिलिपिन्स, तिब्बत, युनान र ऐतिहासिक रूपमा पूर्वी अफगानिस्ता (नक्शा हेर्नु होला) लगभग तेस्रो सहस्राब्दी इसा पूर्वको मध्यदेखि, भारतले बाहिरी संसारसँग व्यापारिक स्तरमा सम्पर्क राखी आएको छ । भारत सिमाले तीन तर्फाट समुद्र र उत्तरमा हिमालयर पहाडले घेरिएको छ ।

विश्वका अन्य देशहरूसँग भारतको घनिष्ठ सम्बन्ध बनाउन यी कुराहरू कहिल्यै बाधा बन्न सकेनन् र बन्दैनन् । बाधा बनेका विषय भारतको विस्तारवादी सोच र हेपाहा प्रवृत्ति हो । सिन्धु सव्यताका मानिसहरू टाढा-टाढाको भुमिमा गरिखान/जीविकोपार्जन गर्न बसाइँ सरे । विस्तारै ती भुमिहरू राज्य वा देश बने। शक्तिशाली शासकहरूले कम्जोरहरूलाई भगाए, हराए र भुमि आफ्नो अधिनस्त बनाए । धर्म मिलेकाले संस्कृति माने र मिलाए, विलिन पनि भए । नमान्नेहरूले मासे, मास्न खोजे ।

सदिऔंदेखि मान्दै आएका चालचलन, रीतिरिवाज, धर्म र संस्कार संस्कृति बनिसकेका थिए । नागरिकको अन्तरमनको विश्वास र अविश्वास दुबै जोडिएको त्यो संस्कृतिको विनासको पिडाले छट्पटीएर कतिपय राज्यका नागरिकले नयाँ शासन र शासकको विरूद्ध व्रि्रोह पनि गरे । व्रि्रोहमा नागरिकहरूको ठूलो संख्या मारियो । कतिपय ठाउँमा शासकहरू पनि मारिए र नागरिकको सांस्कृतिक पहिचान जोडिएर राज्य बन्यो/बने। यसरी अहँकार, हार र जितभित्र विकास भएकरुो भारतीय संस्कृति होइन । यो सिन्धु नदीको किनारमा बसोबास गर्नेहरूको संस्कृति हो । सिन्धु संस्कृतिले अहिलेको दक्षिणपुर्वि एसियामा अमिट छाप छोडेको थियो । त्यो सव्यताको प्रभाव अहिले पनि छ ।

यिनीहरूले विभिन्न सम्बन्ध र सर्म्पर्कबाट आफू भन्दा टाढाका राज्यहरूबाट विचार, प्रभाव, रीतिरिवाज र परम्परा भित्र्याए । आफ्ना पनि साटे । यो प्रकृयाको महत्त्वपूर्ण विशिष्टता सिन्धुबाट विकास भएको तर अंग्रेजी उच्चारणमा अपभ्रंश हुँदै हिन्दू भएको हो भन्न सक्नुपर्छ । यो संस्कृति र सभ्यतालाई विश्वका विभिन्न भागहरूमा विशेषगरी मध्य एशिया, दक्षिणपूर्व एशिया, चीन, जापान, कोरिया आदिमा फैलदै गयो । यो सभ्यता मासमिस पनि हुँदै प्रचार हुनेक्रममा हिन्दू साम्राज्यको रूपमा प्रभाव छोड्ने धार्मिक र सांस्कृतिक वाङमयको लेखन, साधना, संस्कृति, गीत, सङ्गति लगायतको धर्म, कर्म र पितृ कार्यका आलेखहरू तयार भए । जम्बु दीप जोडिएको स्थान र भरत राजाले राज्य गरेको समयमा लेखिएका कर्मकाण्डीय पुस्तकहरूले जम्बु दिपे, भारत वर्षे भरत खण्डे जस्ता शब्द प्रयोग हुन गएको कारण अहिले पनि गौदान लगायतका कार्यहरूमा यी शब्द मन्त्र या शुक्तीको रूपमा प्रयोग भएका छन् । यो अखण्ड भारतको आधार होइन ।

यस्तै विषयहरूलाई आधार बनाएर भारतका प्रधानमन्त्री मोदीले अति हिन्दू धर्मावलम्बीको साथ सहयोगमा अखण्ड भारत नामको नक्शा भारतिय संसद भवनमा टाँस्न पुगे । त्यसरी अखण्ड भारतको नाम जोडिएको नक्शा टाँसि रहँदा नेपालको पश्चिमी भुभागको कालापानी, लिपिया धुरा, सुस्ता लगायत सयौं स्थानका जङ्गे पिलर सारेर खाएको नेपाली भुमि फिर्ता गर्न पर्दैन र विस्तारै विस्तारै दक्षिणतिरको भुमि पनि हड्प्न सकिन्छ भन्ने मनसायले गरेको देखिन्छ । योसँगै जोडिएको अर्को विषय छ, यत्रो उतपात गरेर अखण्ड भारतको महिमा गाउँनेले नेपाललाई हिन्दू राष्ट्र घोषण गर्न दवाव दिँदा हाम्रो राज्यको प्रतिनिधि बोल्न सक्दैनन् । जे घोषण गरे पनि अर्काको दवावमा होइन नागरिकको मतको आधारमा घोषण गर्ने होइन र ?

भारतले सिमानमा दुःख दिने कुरा नेपाललाई मात्रै होइन सिमा जोडिएका सबै देशलाई दुख दिइरहेको छ । भारत भन्दा कम्जोर देशलाई यसरी सिमानाको कुराले दुख दिएको विषय पनि सबैले थाहा पाउनै पर्ने कुरा हो/पाएका पनि छन् । भारतले अखण्ड भारतको नाममा यसरी प्रचार गर्नुको अर्को कारण समाज वा व्यक्तिलाई जित्नु वा डराउनु होइन व्यापार बढाउन बजार रोकेर राख्न खोजिएको हो । यो भन्दा र हेर्दा स्वेच्छिक देखिने तर भारतको आध्यात्मिक र सांस्कृतिक मूल्यहरूको रक्षा गर्ने उद्देश्य देखाउन खोजिएको छ ।

यसरी आध्यात्मिक पक्ष जोगाउनको लागि देवी/आदि कालको मातृ शक्तिसँग जोडिएको शाक्त सव्यता, शिवको जन्म, जप, तप, ज्ञान र ध्यान सहितको कर्मभुमिसँग जोडिएको शिव सव्यता, सीता र शिव धनुषसँग जोडिएको मिथिला, गौतम बुद्धको ज्ञान भन्दा अगाडिको कौशिक सभ्यता र नारायणी तटको पवित्र भुमिमा ऋषिहरूको जप र तपसँग जोडिएको वैष्णव सव्यताले त अखण्ड नेपालको आध्यात्मिक र सांस्कृतिक पक्ष बलियो देखिन्छ । अब नेपालले पनि यस्तो नक्शा बनाएर भारतसँग पौंठेजोरी खेल्ने हो र –

अखण्ड भारत भुमिभित्र पर्ने आधार भएका सबै देशहरू अहिले मोदीले राखेको नक्शामा परेका छन कि छैनन् ? छैनन् भने किन परेनन् त ? अखण्ड भारतमा आजको अफगानिस्तान, पाकिस्तान, तिब्बत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका सबै पर्दछन। यति मात्र होइन ! आजको मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, दक्षिण भियतनाम, कम्बोडिया, इन्डोनेसिया आदि पनि अखण्ड भारतमा पर्दछन् । यी सबैका विरूद्ध भारतले निहुँ खोजेको हो त ?

यी सबैमा आफ्नो व्यापारीक स्वामित्व र प्रभाव जमाउन खोजेको हुनसक्छ। त्यसैले हामीले कुटनैतिक ढंगले अघि बढ्दै ब्रिटिससँगको सुगौली सन्धि अघिको नेपाल नेपाल सरकारले खोज्न सक्नर्ुपर्छ । सन् १८७५ सम्म (अफगानिस्तान, पाकिस्तान, तिब्बत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका) भारतको हिस्सा थिए । तर १८५७ को क्रान्तिपछि ब्रिटिश साम्राज्यको जग हल्लियो । उनले एउटै केन्द्रबाट यति ठूलो क्षेत्रको दोहन गर्न नसकिने महसुस गरे र विभाजन गरी राज्य गर्ने नीति अपनाए ।

त्यसपछि भारत धेरै सानो टुक्रामा बाँडियो र अखण्ड शब्द नै हटेको हो । के अब मोदीले आफू समान आफ्नो भुमिको स्वामित्व, पहिचान र परिचय बनाएर स्वतन्त्र र सार्वभौम रहेका राज्यहरूलाई भारतीय स्वामित्वमा छिराउन खोजेको हो त ? पुनः प्रश्न उठ्छ । अखण्ड भारतीय भुमिमा तलका देशहरू पर्दछन ? अफगानिस्तान (१८७६) : सन् १८७६ मा रुस र बेलायतबीचको गण्डमाक सन्धिपछि अफगानिस्तानबाट विखण्डनको यो शृंखला सुरु भएको थियो ।

भुटान (१९०६), श्रीलंका (१९३५), पाकिस्तान (१९४७), बंगलादेश -१९७१) बर्मा -म्यानमार) (१९३७) । कुनै समय थियो, जब वेद सम्पूर्ण मानव जातिको धर्मग्रन्थ जोडिएको थियो । हिन्दू धर्मावलम्बीले वेदलाई बुझन र समय अनुसार बुझाउन नसकेको कारण आज हिन्दूहरूको मात्र हुन् पुग्यो । प्रश्न उठेको कुनै धर्मग्रन्थको होइन । त्यस्ता धेरै ग्रन्थ र प्रमाणहरू अझै जिवित छन् । इसापूर्व भारतीय र मानव इतिहासको महिमाले यो वर्णन गरेको छ ।

अखण्ड भारत त हुँदै होइन अखण्ड सिन्धु भनेर इतिहास लेख्दा पनि अहिले धेरै पक्षलाई जोड्नु र बुझनु पर्ने हुन्छ । समानता, सद्भाव र मानवताको कुरा गर्ने हो भने त्यसरी लेखिनु पनि द्वेषपर्ुण्ा हुन्छ कि ? यदि यसरी लेख्ने विषयमा विचार पुर्‍याउनु पर्ने बेला हो भनेर ठान्ने हो भने यति विशाल भुमि र राज्यहरूलाई भारतले अखण्ड भारत भनेर चित्र कोरेर संसदमा टाँस्नु अतिवादी सोच भएन र ? यो प्रवृत्तिले एक आफसमा मित्रता बढ्छ कि खट्छ ? शक्तिशाली राज्यले आफू भन्दा आर्थिक रूपमा कम्जोर भएका राज्यलाई यस्तो व्यवहार देखाउनु दर्रि्रता होइन र ?

सबैभन्दा पहिले, यसको निष्पक्षताको लागि कुनै पनि भेदभाव बिना, पूर्वाग्रहबाट मुक्त भएर सोच्न आवश्यक पर्छ/हुन्छ । अखण्ड भारत लेख्न भन्दा अघि प्रत्येक भारतीयले आफू को हो र कसरी अहिलेको भारत बनेको छ भन्ने कुरा र आफ्नो कर्तव्य के मात्रै हो भनेर थाहा पाउनुपर्ने हुन्छ । राज्यको हिसाबले अहिलेको भारतमा सयौं राज्यहरू गाभिए र भारत देश बनेको छ । अंग्रेजले छोडेको भारत -सिन्धुस्थान) हिन्दूस्थान -इन्दुस्तान) जति भुभाग अहिले भारतसँग छ त ? किन बङ्गला देश र पाकिस्तान छुटिन पुगे- सिकिम अझै स्वतन्त्र अस्तित्वको लडाइमा छ ।

देश कुनै एक जात, धर्म र समुदायको हुन सक्छ ?

हाम्रा पुर्खाहरू ब्रहृमा, मनु, ययाति, राम र कृष्ण मात्र थिए । यो देश बनाउने, केही खोज्ने, आविष्कार गर्ने वा देश र विश्वलाई केही दिने व्यक्तिहरूको इतिहास इतिहासले उल्लेख गर्नर्ुपर्छ । जसले यो देशको एकता र अखण्डतालाई जोगाएको छ । यसरी इतिहास लेख्दा त्यहाँ बसोबास गर्नेको समानता,स्वतन्त्रता र सर्वभौमिकता मर्नु हुन्न । पहिले जम्बु टापुमा सम्पूर्ण हिन्दू धर्मको शासन थियो । त्यसपछि उनको शासन भारतमा घट्यो ।

कुरुहरू र पुरुहरू बीचको लडाइँ पछि आर्यवर्त नामक नयाँ क्षेत्रको जन्म भयो । त्यसमा वर्तमान भारत, सम्पूर्ण पाकिस्तान र सम्पूर्ण अफगानिस्तानको भाग समावेश थियो । तर मध्ययुगीन कालमा निरन्तर आक्रमण, धर्म परिवर्तन र युद्धका कारण अहिले हिन्दुस्तान मात्र बाँकी रहृयो । पहिले हिन्दुस्तानको नाम भारतवर्षथियो र त्यसअघि जम्बु टापु थियो भन्नु उचित हुन्छ । अहिले हिन्दुस्तानको नाम भारत भएको हो। जसलाई आर्यवर्त भनिन्छ ।

पछि त्यहि राज्य भारतवर्षको नामाकरण गरियो । पछि जम्बु द्वीपमा परिणाम भुमि जम्बु टापुमा पहिले देव-असुर त्यसको धेरै पछि कुरुवंश र पुरुवंशको विचारधाराको लडाइँ भयो र द्वन्द्वका कारण यो जम्बु द्वीप धेरै भागमा विभाजित भयो । अबको भारत समुद्रको उत्तरमा र हिमालयको दक्षिणमा अवस्थित छ होइन । यो स्वर्ग माथिल्लो वर्गमा पुग्ने कर्मभूमि पनि होइन र हुन सक्दैन । ती हिमालमा महेन्द्र, मलय, सहृय, शक्तिमान, रिक्षा, विन्ध्य र परियात्रा गरी जम्मा ७ वटा हिमाल छन् । के ती सातै हिमाल अहिले भारतमा पर्दछन् त ? प्रश्न यहाँ पनि उठ्छ ।

के यी भागहरू पनि भारतमै छन् त ?

इन्द्रद्वीप, कासेरु, ताम्रपर्ण, गभस्तिमान, नागद्वीप, सौम्य, गन्धर्व, वरुण र समुद्रले घेरिएको यो द्वीप ती मध्ये नवौं रहेका छन् ।

मुख्य नदीहरू : शतद्रु, चन्द्रभागा, वेद, स्मृति, नर्मदा, सुरसा, तापी, पयोष्णी, निर्विन्ध्य, गोदावरी, भीमरथी, कृष्णवेणी, कृतमाला, ताम्रपर्णी, त्रिसामा, आर्यकुल्या, ऋषिकुल्या, कुमारी आदि नदीहरू र हजारौं शाखाहरू बहेको सबै भुमि भारतको छ त –

तटका बासिन्दाहरू : यी नदीहरूको किनारमा कुरु, पञ्चाल, पुण्ड्र, कलिङ्ग, मगध, दक्षिणनाट्य, अपरान्तदेशवासी, सौराष्ट्रगण, तहशूर, अभिर र अर्बुद्गन, करुश, मालव, परियात्रा, शौवीर, सन्धव, हुन, शाल्व, कोसल, त्यहाँ मद्रा, अराम, अम्बाष्ट र पारसी जातिहरू बस्छन् । यसको पूर्वी भागमा किरात र पश्चिममा यवनहरूको बसोबास रहेको छ । भन्ने कुराले सबै हिन्दूहरूको बसोबास थिएन भन्ने बुझाउदैन र –

जम्बुदीप : सम्पूर्ण एशिया

भारत, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, तिब्बत, भुटान, म्यानमार, श्रीलंका, माल्दिभ्स, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, भियतनाम, लाओस, ब्रुनाई, सिंगापुर, फिलिपिन्स, बंगलादेशसम्म पर्दोरहेछ ।

ग्रेटर नेपाल

ग्रेटर नेपाल अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाली भुमि हो । नेपालको शान्ति र अखण्डताको रक्षाको नाममा नेपाली शासकहरू बोल्न नसकेको कारण अहिलेसम्म नेपालले ग्रेटर नेपालको भु-भाग गुमाउनु परेको छ। ग्रेटर नेपाल भित्रपर्ने नेपाली भुमि यश प्रकार रहेको छ । सन् १७४३ मा पृथ्वीनारायण शाहले गरेको एकीकरणको क्रममा नेपाल सतलजदेखि टिस्टा नदीसम्म फैलिएको थियो। यो विस्तारित भूभागमा गोरखाको शासन सन् १८१५ सम्म मात्रै रहृयो । गढवालमा गोर्खालीहरूको उपस्थिति १२ वर्ष, कुमाउमा २४ वर्षर सिक्किममा ३३ वर्ष थियो । सन् १८१४-१८१५ को इस्ट इन्डिया कम्पनीसँगको युद्धपछि गोर्खाको विस्तार समाप्त भयो।

सन् १८१६ मा गोर्खाली राजा र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिलाई अनुमोदन गरिएको थियो। यसले नेपालका शासकहरूलाई करिब १७६,००० गुमाउनु परेको थियो। नेपालको नक्सा) क्षेत्रफलको २ किमी. यो सुगौली सन्धि उल्लेख गरेको इतिहासको पुस्तकमा जो कोहीले पढ्न सक्छ । हामीले ग्रेटर नेपाल माग गर्न सक्ने धेरै आधारहरू छन तर हाम्रा शासकहरूले नडराइ माग्न सक्नु पर्यो । युद्ध र लडाइँसँग सम्बन्धित भारतीय व्यापारको सामरिक नीति, भुराजनीतिक सामरिक नीतिको आक्रमणबाट वचन पनि ग्रेटर नेपालको महत्त्व बुझन सक्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker