राजमार्ग विस्तार कार्यमा खट्टएिका एक मजदुरको पहिरोले पुरिएर मृत्यु दुइ जना घाइते
भञ्ज्याङ न्यूज
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्यमा खट्टएिका एक मजदुरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
सोमबार साँझ करिब १७:५० बजेको समयमा सडकको माथीबाट पहिरो खस्दा पुरिएर गम्भिर घाइते भएका झापा शिवशताक्षी-७ का ३३ वर्षीय भिम भुजेलको उपचारका क्रममा मृत्यु भएको हो ।
पृथ्वीराजमार्गको पूर्वीखण्ड अन्तर्गत म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी स्थित सडकमा टेवापर्खाल लगाउने काम गरिरहेका अवस्थामा माथीबाट पहिरो खस्दा तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएका छ ।
पहिरोमा परी झापाका शिवशताक्षी-७ कै ४५ वर्षीय कृष्ण लिङ्देन र उदयपुर कटारी-७ का ४० वर्षीय बल बहादुर राइ पनि घाइते भएका छन् । घाइते मध्ये लिङ्देलको रत्नहरी अस्पताल दमौलीमा र र्राईलाई थप उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।










