निर्मल माविमा राष्ट्रिय झण्डातोलन

दमौली : तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा राष्ट्रिय झण्डातोलन गरिएको छ । लियो क्लब अफ तनहुँ निर्मल अल्फाले विहीबार विद्यालयको प्राङ्गणमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम गरेको हो ।
क्लबका अध्यक्ष सुरज आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठले विद्यार्थीहरुको नेतृत्व बिकास र क्षमता विकासमा ध्यान दिनुपर्ने बताउँदै संस्थाले गर्दै आएको  कार्यको सरसफाई, झण्डातोलन, बिद्यार्थीलाई छात्रवृत्ति बितरण जस्ता कार्यक्रमको प्रशंसा समेत गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक विरबहादुर बस्नेत, लायन्स क्लब अफ तनहुँका सचिव अनिल कुमार श्रेष्ठ, लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, लियो क्लब अफ तनहुँका संस्थापक सदस्य सुजित श्रेष्ठ, निर्वतमान अध्यक्ष आकाश खानाल तथा वर्तमान अध्यक्ष रोबिन श्रेष्ठ र लियो क्लब अफ तनहुँ निर्मल अल्फाका निर्वतमान अध्यक्ष सुशिल लामगादे बि.क. लगायतले क्लवले गरेको कामका विषयमा चर्चा गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker