आँवुखैरेनी-मुग्लिन सडक खण्ड एकतर्फी

अविरल वर्षाका कारण शनिबार साँझ करिब ६:३० बजेको समयमा आँवुखैरेनी-४ ऐना पहरा स्थित पृथ्बीराजमार्ग सडक खण्ड माथिबाट पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग । ठूल्ठूला ढुंगासहित झरेको पहिरो इलाका प्रहरी कार्यालय आबुँखैरेनी तनहुँबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली, आँवुखैरेनी गाउँपालिका र सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा करिब १ घण्टा २० मिनेट पश्चात राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको थियो । तस्विर : भञ्ज्याङ










