एसिया कप किक्रेट : पाकिस्तानले दियो नेपाललाई ३४३ रन बनाउने चुनौती

एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रन बनाउने चुनौती दिएको छ । पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाएका छन् । उनले १३१ बलको सामना गर्दै ४ छक्का र १४ चौकाको मद्दतले कुल १५१ रन बनाएका हुन् ।

यस्तै, मध्यक्रममा खेल्न आएका इफ्तिखार अहमदले ७१ बलमा अविजित १०९ रन बनाएका थिए । अहमदले आजमसँगको साझेदारीमा कुल २१४ रन बनाएसँगै पाकिस्तान ठूलो स्कोर खडा गर्न सफल भएको हो । पाकिस्तानका लागि मोहमद रिजवानले ५० बलको सामना गर्दै ४४ रन बनाएका थिए ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए भने दोस्रो र तेस्रो विकेट रनआउट भएको थिए । रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले पाकिस्तानका दुई ब्याट्स्म्यानलाई अप्रत्यासित रूपमा रनआउट गर्न सफल भएका थिए ।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका थिए । लामिछानेको बलमा आउट हुनु अघि आघा सलमानले मात्र ५ रन बनाउन सके । पाँचौं र छैठौं विकेट भने सोमपाल कामीले लिए । नेपालका प्राय सबै बलर पाकिस्तानी ब्याट्स्म्यानको अगाडि निरिह सावित भए ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ रोजेको थियो । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker