व्यासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु ३० विद्यालयको सहभागिता

दमौली : तनहुँको व्यास नगरपालिकाले निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा सोमबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल मावि खेलमैदानमा आयोजित प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयको सहभागिता रहेको बताइएको छ ।

विद्यार्थीमा भएका प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आर्ट लगायतमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइने भएको छ ।

यस्तै, प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खेलकुद जीवनको अभिन्न अङ्ग भएको र स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताउँदै पालिकास्तरीयबाट उत्कृष्ट भइ जिल्लास्तरमा जाने खेलाडीले नगरपालिकाको नाम राख्न आग्रह गरे।

नगर खेलकुद विकास समितिका अध्यक्ष एवं व्यास–६ का वडाध्यक्ष जीवन गुरुङले विद्यालयमै खेलकुदका गतिविधि सञ्चालन गर्न सम्पूर्ण विद्यालयलाई आग्रह गरिएको बताए ।

यस्तै, प्रतियोगिताको पहिलो दिनको खेलमा तीन स्वर्ण जित्दै आदिकवि भानुभक्त मावि प्रथम स्थानमा छ । आदिकविका राजकुमार विकले तीन हजार मिटर दौड, सीता नेपालीले सर्टपुट र राहुल सेनले आठ सय मिटर दौडमा स्वर्ण पदक जितेको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगितामा महेन्द्रज्योति माविले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ । सत्यवती माविले एक स्वर्ण, एक रजत र एक कास्य, भानु माविले एक स्वर्ण, एक रजत, ग्रिनस्टार बोर्डिङ स्कूलले एक स्वर्ण, बाराही आमाविले एक रजत र एक कास्य, सिद्धबेनीले एक रजत, क्यामिन माविले एक कास्य, माहेन्द्री माविले एक कास्य पदक जितेको छ ।

तीन हजार मिटर दौड छात्रामा भानु माविका उमादेवी गुरुङ प्रथम, आठ सय मिटर दौड छात्रामा सत्यवती माविका युना मझकोटी प्रथम, लङजम्प छात्रमा महेन्द्रज्योतिका आरिफ मियाँ प्रथम, छात्रातर्फ ग्रिनस्टारका सुजाता कुमाल प्रथम र सर्टपुटमा आदिकवि सीता नेपाली प्रथम भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker