व्यासको वार्षिक समिक्षा : महिला वडा सचिवको प्रस्तुतीकरण अब्बल

भञ्ज्याङन्यूज

स्थानीय निकाय पुनःसंरचना पश्चात दमौलीकी पम्फा थापा बस्नेत वडा सचिव भएर काम गरेको ६ वर्ष भयो । व्यास नगरपालिकाको वडा नं ४ मा पहिलो पटक वडा सचिव भएर काम गरेकी बस्नेतले विगत ४ वर्षदेखि व्यास २ को वडा कार्यालयमा काम गदै आएकी छन्।

बस्नेत सहित चार जना महिला वडा सचिवहरुले वडा हाँकिरहेका छन् । मंगलबार नगरपालिकाको सभाहलमा आयोजित नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा उनले अब्बल रुपमा आफनो वडाको कार्य विवरण सम्बन्धी प्रस्तुतीकरण राखिन् ।

उनले जस्तै व्यास-३ का वडा सचिव सावित्री आर्चाय, व्यास-४ का वडा सचिव सुमित्रा बगाले र व्यास-११ का वडा सचिव लक्ष्मी अधिकारीले पनि अब्बल रुपमा आफनो वडाको वाषिर्क समिक्षा प्रस्तुत गरिन् ।

समिक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा, १४ वटै वडाको गत वर्षो समिक्षाको प्रस्तुतीकरण राखिएको थियो । १४ वटै वडाहरुले राखेको वार्षिक समिक्षा प्रस्तुतीकरणमा महिला वडा सचिवहरुले राखेको प्रस्तुतीकरण अब्बल मानिएको थियो ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुखर् इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा अध्यक्ष तथा शाखा प्रमुख तथा वडा सचिवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाको लेखा समितिका वरिष्ठ आन्तरिक लेखा परिक्षक कुमारकञ्चन जिसी, उद्योग पर्यटन श्रम तथा रोजगार प्रवर्द्धन शाखा प्रमुख राजेन्द्र कार्की, योजना तथा पूर्वधार विकास शाखा प्रमुख इ. डा. राजु पौडेल, सुचना तथा प्रविधि शाखा प्रमुख गोर्कणराज वाग्ले, वित्तीय प्रतिवेदन लेखा अधिकृत हेमन्त गुरुङ, जनशक्ति व्यवस्थापन शाखा प्रमुख रामचन्द्र हड्खले, भवन नियमन तथा घरनक्सापास शाखा प्रमुख इ. अमृत के.सी, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुली लगायतले प्रस्तुतीकरण गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सबै शाखा र विषयगत शाखा र वडा कार्यालयहरुको प्रस्तुतीकरणका लागि धन्यवाद व्याक्त गरेका थिए। उनले समिक्षा कार्यक्रमले कतिपय सुधार गर्नुपर्ने पक्षलाई पनि औलयाउने भएकाले यसले पालिका र वडाको काममा थप उर्जा दिने बताए ।

नगर प्रमुख न्यौपानेले समिक्षा पश्चात् पालिकाको विकासको अवस्था थाहा पाइने हुँदा उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि योजना मद्दत गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker