सीपको उपयोग

तनहुँको आँवुखैरेनी गाउँपालिका–३ ढकालटारकी ५० वर्षीया सानुमाया भुजेल बासको चोयाबाट नाङ्लो बुन्दै । गाउँपाकिलाले सञ्चालनमा ल्याएको औद्योगिक ग्राममा सानुमाया सहित करिब १२ जना स्थानीय महिलाले बासबाट विभिन्न सामाग्रि तयार गर्ने रोजगारी पाएका छन् । औद्योगिक ग्रामबाट अहिले स्थनीयस्तरको माग अनुसार मात्र बाँसजन्य सामाग्रि उत्पादन गरिएको हुँदा उत्पादित वस्तु गाउँपालिका बाहिरका अन्य बजारसम्म पु¥याउने व्यवस्था मिलाइदिएमा धेरैले रोजगारी पाउनुका साथै आम्दानी पनि बढ्ने सानुमाया बताउँछिन् ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










