मत्स्यकन्याका १४७ जना विद्यार्थीलाई शैक्षिक सामग्रि

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-१२ स्थित मत्स्यकन्या आधारभूत विद्यालयका विपन्न बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । वायोमी इन्टरनेशनल एनजिओले विद्यालयका १४७ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको संस्थाका प्रमुख राजेन्द्र अधिकारीले बताए ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै उपलब्ध सामाग्रिले बालबालिकाको पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व अर्न्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

एनिजोका अध्यक्ष अधिकारीले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।

नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहुँकी निर्वतमान अध्यक्ष वसुन्धरा घर्तीले कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न बालबालिका विद्यालय आउन नसक्ने अवस्था रहेको हुँदा न्यून आयस्तर भएका वर्गका बालबालिकालाई सहज रुपमा शिक्षा आर्जन गर्ने वातावरण बनाउन सबैले आ-आफ्नो ठाउँबाट साथ र सहयोग गर्नुपर्ने बताइन ।

त्यस्तै उक्त वडामा रहेको लामीडाँडामा खानेपानीको समस्या समाधान गर्न सो संस्थाले झण्डै एक करोडको लगानीमा खानेपानी आयोजना समेत सञ्चालन गर्ने भएको छ। सोमबार उक्त ठाउँमा नगरपालिकाको प्राविधिक टोली सहित खानेपानी आयोजनाको लागि अध्ययन गरिएको अध्यक्ष अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker