एमाले गण्डकी अधिवेशन अध्यक्षमा नवराज र मायानाथको प्रतिस्पर्धा, १२ बजेदेखि मतदान

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्वाचन मण्डलले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ।

शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।

मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा र धनञ्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्नेछन् ।

उचसचिवमा दामबहादुर विक र सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् । बिहान ११:५५ देखि मतदान सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker