नेपाली कांग्रेसको १५औं महाधिवेशन : तनहुँ–१ बाट जनजातितर्फ देवघाटका तिलबहादुरको उम्मेदवारी

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ का नेता एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जनजातितर्फबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीलाई समयसापेक्ष बनाउँदै नयाँ पुस्ता तथा विभिन्न समुदायलाई संगठनसँग जोड्ने र सामाजिक रूपान्तरणको अभियानलाई थप मजबुत बनाउने उद्देश्यले आफूले उम्मेदवारी दिएको थापाले बताएका छन् ।

‘कांग्रेसलाई समावेशी र सुदृढ संगठनका रूपमा अघि बढाउन जनजाति, युवा र सबै समुदायको सहभागिता आवश्यक छ’, थापाले भने, ‘प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टीभित्र सबैको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै संगठनलाई थप बलियो बनाउन भूमिका खेल्नेछु ।’

देवघाट गाउँपालिका–४ सिन्चाङबाट राजनीतिक यात्रा सुरु गरेका थापा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनि देवघाट गाउँ कार्यसमितिको निवर्तमान सभापति समेत हुन् । शिक्षण पेसामा समेत लामो समय आबद्ध थापा स्थानीयस्तरमा विभिन्न समुदाय र उमेर समूहसँग सहज सम्बन्ध राख्ने नेताका रूपमा परिचित छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट देवघाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापाले स्थानीय सरकारको नेतृत्वमा रहेर कृषि, पर्यटन, पूर्वाधार विकास तथा स्थानीय उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको बताए । युवाको नेतृत्व विकास र स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तारलाई समेत आफूले प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीभित्र जनजाति समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने र युवालाई संगठनमा थप सक्रिय बनाउने आफ्नो प्राथमिकता रहेको थापाले बताए ।

‘क्षेत्र नं. १ का प्रतिनिधि साथीहरूको सुझाव र विश्वासलाई आफ्नो राजनीतिक यात्राको ऊर्जा बनाउनेछु । जनजाति समुदायको प्रतिनिधित्व गर्दै पार्टी र समाजलाई थप गतिशील बनाउन मैले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘यहाँहरूको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेको छु ।’

थापाले आफूलाई जनजातितर्फको महाधिवेशन प्रतिनिधिका रूपमा सहयोग गरी विजयी गराउन क्षेत्र नं. १ का प्रतिनिधिहरूसँग आग्रहसमेत गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँमा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ । मौसम प्रतिकूलताका कारण तनहुँमा क्षेत्रीय अधिवेशन असोज १२ र १३ गते सम्पन्न गर्ने गरी निर्वाचन समिति लागिपरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker