तीन तहकै सरकारका लक्ष्य एउटै हुनुपर्छ : अर्थमन्त्री आले

भञ्ज्याङ समाचारदाता/भिमाद

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले मुलुकको विकासका लागि तीनै तहका सरकारको लक्ष्य एउटै हुनुपर्ने बताएका छन । भिमाद नगरपालिकाको सोमबार नीति, बजेट र कार्यक्रम र्सार्वजनिक गर्दै मन्त्री आले मगरले तीन वटै तहको सरकार तीन तिर फर्किदा मुलुकलाई समृद्धिको बाटो तर्फ लग्न नसकिने बताए ।
मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्नेमा मन्त्री आले मगरले जोड दिए । आर्थिक मामिला मन्त्री हैसियतले आफुले समन्वय गर्ने प्रयास गरिरहेको समेत बताए ।
तीन वटै सरकार तिन तिर हिडे मुलुकका हित कहिल्यै नहुने मन्त्री आलेको भनाइ थियो । ‘तीन तहकै सरकार एउटै बाटोमा हिड्नु विकल्प छैन’, उनले भने, ‘एक आपसको सहकार्यले मात्र देशको दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ।
यसप्रति हामी सजक हुन जरुरी छ ।’ नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker