भानु नगरपालिकामा नगर उद्योग वाणिज्य संघ गठन

  • भञ्ज्याङ समाचारदाता (डुम्रे)

तनहुँको भानु नगरपालिकामा नगर उद्योग वाणिज्य संघ गठन गरिएको छ । भानुको भन्सारमा सम्पन्न व्यवसायीको भेलाले तुरतुरे र भन्सार बजार एकाई मर्ज गरेर भानु नगर उद्योग वाणिज्य संघ गठन गरिएको हो । तनहुँ उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्धितिय लालकुमार श्रेष्ठ, महासचिवमा कृष्णजंग कोईराला, कोषाध्यक्षमा दिनेश बिष्ट र सचिवमा मनिलाल श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा उपेन्द्र तिवारी, जुना श्रेष्ठ, नेत्रकुमार श्रेष्ठ, सैफुल सुल्तान, मीनराज न्यौपाने, गीता अधिकारी, कुबेर खनाल चयन भएका छन् ।

संघ दर्ता गरे पछि ६ एकाई खोल्ने तयारी रहेको र समग्र भानु नगरलाई समेटेर तुरतुरे, बाइसजाँगर, कालिमाटी, भन्सार, सेपाबगैंचा र चन्द्रावती बजार एकाइ खोलिने नवनिर्वाचित द्वितिय उपाध्यक्ष लालकुमार श्रेष्ठले जानकारी गराएका छन् । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा आयोजित भेलामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ लगायतले केन्द्रीय अवधारणा अर्न्तगत स्थापना भएको भन्दै नवनिर्वाचित कार्य समितिलाई बधाई दिंदै खुला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker