कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त, को हुन् केदार ?

विराटनगर : कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।

को हुन् केदार ?

केदार कार्कीको जन्म २०३० साल पुष ७ गते आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट भएको हो । कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिएका हुन् । उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी संघको सभापति भएका थिए । विद्यालयस्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो ।

उनी सो क्याम्पसमा २०५२ सालमा नेविसंघको क्याम्पस एकाइका सभापति भएका थिए । यसपछि उनी २०५९ सालमा नेविसङ्घ क्षेत्रीय सभापति भए । यसपछि उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०६३ सालमा भने उनी नेवि संघको केन्द्रीय सदस्यको भएका थिए । उनी काङ्ग्रेसको केन्द्रीय सदस्यमा भने पराजित भए । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।

नेपालमा संघीयता कार्यान्वयनमा गएसँगै तत्कालीन नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका कार्की संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भए । कार्की २०७८ कात्तिक दोस्रो प्रदेश सभाको निर्वाचन सम्म कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको भए ।

राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker