बन्दीपुरका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिकाले स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सबै वडामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले छ ६ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टर्राईले बताए ।
उनका अनुसार मंसिर १० गते आइतबार वडा नं ६ स्थित धरमपानी स्वास्थ्य चौकी, मंसिर ११ गते सोमबार वडा नं १ स्थित पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्र, मंसिर १२ गते मंगलबार वडा नं २ स्थित कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्र, मंसिर १३ गते बुधबार वडा नं ३ स्थित सुखौरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिने भएको छ ।
यस्तै, मंसिर १४ गते बिहीबार वडा नं ५ स्थित कल्चोक आधारभुत स्वास्थ्य सेवा केन्द्र र मंसिर १५ गते शुक्रबार वडा नं ४ स्थित बन्दीपुर अस्पतालमा शिविर सञ्चालन गरिने भएको छ ।
महिलाहरुमा स्त्री रोग सम्बन्धित विभिन्न समस्या देखिने तर, खुलेर उपचार लिन नजाने जस्ता समस्या देखिएकाले उपचार सेवालाई सहज बनाउन उद्देश्यका साथ गाउँपालिकाले सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी गराए ।










