दमौली अस्पताललाई व्यास नगरपालिकाले रकम उपलब्ध गराउने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले दमौली अस्पताललाई छ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्टका दुइजना चिकित्सकलाई पारिश्रमिकबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बताएका छन् । यही पुस २५ गते हुने ४०औं व्यास नगरसभासमक्ष उक्त प्रस्ताव पेस गर्ने तयारी गरिएको प्रवक्ता गुरुङले बताए ।

दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक-पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आएपनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर दिने तयारी गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०८०/०८१ का लागि सडक बोर्ड अन्तर्गतका एक करोड ३५ लाख ७२ हजार रुपैयाँ बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker