खाद्य स्वच्छता सम्बन्धी सचेतना

तनहुँको बन्दीपुरमा जारी छैठौँ बन्दीपुर महोत्सवमा खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम गरिदै। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले महोत्सव स्थलमा “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित खाद्य स्वच्छता सचेतना कार्यक्रमअन्तर्गत महोत्सवमा सहभागि व्यवसायी, सर्वसाधारणलाई सुरक्षित तथा स्वच्छ खाद्य उत्पादन र वितरणबारे जानकारी एवं सचेतना गरिएको कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी गराए । तस्विर : भञ्ज्याङ










