उद्यमशिल सहकारीको शुभकामना आदनप्रदान
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-२ मिडिया भिलेज स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले बुधबार शुभकामना आदनप्रदान गरेको छ । नेपालीहरुको महान पर्व बडादसैं, शुभदीपावली, भिन्तुना, छठ, नेपाल सम्बत लगायतका अवसरमा शुभकामना आदनप्रदान गरिएको हो।
व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले प्रविधिले फड्को मार्दै गएको अवस्थामा प्रविधि अनुरुप पारदर्शी किसिमले सहकारीलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले उद्यमशिल सहकारीले छोटो अवधिमा आफ्नो राम्रो छवि बनाउन सफल भएको चर्चा गर्दै सहकारीको मर्म अनुसार काम गर्न सुझाए ।
कार्यक्रममा व्यास-३ का वडाध्यक्ष अनुप रानाले स्थानीय सरकारले सहकारी संस्थाको अनुगमन गरी आर्थिक क्षेत्रमा चुस्तदुरुस्त बनाउन लागेको बताए । स्थानीय तहले महिला उद्यम मार्फ महिलाहरुको आयआर्जनमुखी कार्यक्रमलाई समेत प्राथामिकता दिंदै आएको उनले बताए ।
व्यास-४ का वडाध्यक्ष क्या. मन बहादुर गुरुङले युवाहरुद्वारा संचालित यस सहकारी संस्थाले आर्थिक उन्नति गरेर नमुना सहकारीको रुपमा स्थापित हुन शुभकामना व्यक्त गरे । सहकारी संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ बिकलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमौलीका प्रवन्धक सन्तोष घिमिरे, संस्थाका कानुनी सल्लाहकार एवं अधिवक्ता ऋषिराम पोखरेल, राष्ट्रिय महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल, राष्ट्रिय महिला उद्यमी संघ व्यास नगरकी अध्यक्ष पवित्रा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, सहकारीले दमौलीमा अस्पताल संचालनको परिकल्ना गरिएको अध्यक्ष श्रेष्ठले बताए । सामान्य स्वास्थ्य उपचारका लागि पोखरा, चितवन, काठमाण्डौं लगायतका शहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सहकारी संस्थाले अस्पताल संचालन गर्ने योजना अगाडि ल्याएको उनले बताए ।










