भिरबाट लडेर वृद्धको मृत्यु
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको देवघाट गाउँपालिका-५ साउने पानीको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको माथिल्लो बगन्दी बस्ने ७७ वर्षीय आशबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निज भिरबाट अन्दाजी दुइ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । गुरुङ सोमबार आफन्तको छेवरमा गएकामा घर नआएपछि खोजतलास गर्ने क्रममा मंगलबार भिरबाट खसेको अवस्थामा मृत फेला परेको उनले बताए ।










