महर्षि व्यास जन्मस्थलका बारेमा पुनरलेखन हुनुपर्ने विषयहरु
देव बस्न्यात

विषय प्रवेश
व्यासको जन्मभूमि दमौली हो भनेर हामीले धेरै चर्चा गरी सकेका छौं । व्यास जन्मका सन्दर्भमा श्रीमद्देवी भागवत धार्मिक ग्रन्थमा अनुसार चर्चित राजाको लाक्षणिक नाम राजा उपरीचर भएता पनि उनको वास्तविक नाम के हो त्यस बारेमा हामीले वृहत चर्चा परिचर्चा गरेका छैनौं । धार्मिकग्रन्थ अनुसार राजा उपरीचरको चेदी देश अहिले कहां पर्दछ ? राजा सुधन्वा को हुन ? सुधन्वा र सुनधुवा बीच अन्तर सम्बन्ध छ छैन ? यी सबै बारेमा चासो राख्नु सबैको उत्तिकै आबस्यकता रहेको छ । पारकोट राज्य भन्नाले के हो र यस्को राजधानी काहाँ पर्दछ । पारकोट राज्यको स्थापना कस्ले गरे र त्यस्को भूगोल कहाँ पर्दछ ? सबै उत्तिकै सान्दर्भिक देखिन्छन् ।
क) राजा उपरीचर र सुधन्वा एउटै व्यक्ति हुन ?
संस्कृत तथा हाम्रो दरैहरुको बोलचालको भाषामा उपर भन्नाले माथि तथा आकास तर्फ र चर भन्नाले डुल्ने वाला वा घुमि हिंड्ने व्यक्ति भन्ने बुझाउँछ । समग्रमा श्रीमद्देवी भागवतमा उल्लेख गरिएका राजा सुधन्वालाई उपरीचर वशु भन्नाले आकाश मार्गमा विचरण गरी हिंडने राजा महाराजा भन्ने जनाउँछ । आफ्ना देशका जनताहरुले खाए खाएनन् र सुरक्षाको अनुभूति पाए पाएन भनेर चिन्ता गर्दथे । राजा उपरीचर वशु हरेक दिन जनताको घर दैलोमा पुगेर सेवा गरी रहन्थे । जनता प्रति सदैव अनुग्रहित र विनित भाव राख्ने राजा उपरीचर सबै प्रजाका पुजनीय नै थिए।
साधारण अर्थमा सुधन्वा भन्नाले अरुलाई समादार भाव राख्ने व्यक्ति जनाउँछ भने विशिष्ट अर्थमा पुरुष वा केटा भन्ने जनाउँछ । सनातन हिन्दर्ुधर्मका त्रिदेव मध्ये विष्णुलाई पनि सुधन्वा नामले सम्वोधन गरिन्छ । राजा सुधन्वा पनि जनताहरु प्रति समादार भाव राख्दथे । उनी जनताहरुलाई सर्वोपरी मान्दथे । राजा सुधन्वा जनताहरु प्रति अनुग्रहित र विनितताको प्रतिनिधि पनि थिए । उनी विज्ञान, औषध विज्ञान, व्यापार व्यावसाय तथा वाणिज्य, बैंक तथा वित्तिय व्यवस्थापन शिक्षा संस्कृति र धार्मिक व्यवस्थापन लगायतका दखल राख्दथे । सुधन्वा शब्द उच्चारण गर्दा शब्दहरुमा लाग्ने विशेषण सर्वप्रथम सु (su) उच्चारण गरिन्छ । तत् पश्चात उच्चारण हुने ध (dha) र क्रमस न् (n) वा (vaa) उच्चारण गर्ने गरिन्छ । नेपाली बृहत शब्दकोश अनुसार शब्दको अघिल्तिर आउने सु उपसरगले शब्दलाई सुन्दर बढिया, उत्तम, श्रेष्ठ, राम्ररी अनायस आदि अर्थ बुझाउने गर्दछ। सुधन्वा महाराज शान्तनुकी महरानी सत्यवती मत्स्यगन्धाका पिता थिए । महाराज सुधन्वा र अर्जुनबीको भिषण युद्ध हुँदा श्रीकृष्णले अर्जुनको बचाव गरेका थिए । जततउकस्ररभल।धष्पष्उभमष्ब।यचनरधष्पष्रख्थबकब “धार्मिक अनुसार” धार्मिक अनुसार पौराणिक कथा के अनुसार प्राचीकालमे सुधन्वा नामके एक राजा थे । वे एक दिन आखेटके लिए वन गए” धार्मिर्क ग्रन्थमा राजा उपरीचर राजा सुधन्वाको कथा प्रसङ्ग व्यास जन्मका सन्दर्भमा आएकाले दुबै नाम गरेका एउटै व्यक्ति रहेछन् भनेर प्रमाणित गर्न सक्दछौं ।
मत्स्येन्द्री नदीलाई नै अहिले माहेन्द्री या मादी नदी भन्ने गरिएको हो । देवी भागवत अनुसार राजा उपरीचर (सुधन्वा)ले स्खलित विर्यलाई बाज मार्फत आफ्नी रानी गिरिका समक्ष पठाएकामा अर्को बाजले आक्रमण गर्दा बाजको मुखबाट मादी नदीमा नै खसेको हो। ऋषिका श्रापले नदीमा माछा रुप धारण गरेकी अद्रिकानामकी अप्सराले नदीमा खसेको विर्य खाइ दिंदा माछामा गर्भ रहन गएको थियो । माझीको जालमा परेको माछाको पेटमा भेटिएका मानव रुपि कुमार र कुमारी भेटिएकाले अनौठो बस्तु राजाकोमा चढाउँदा राजाले मत्स्यकुमार राखी मत्स्यकुमारी माझीलाई नै फिर्ता गरेको देश त्यही चेदि वा चुँदेर नै हो भन्नु पर्ने बेला आएको छ । गण्डकी माहात्म्यम्ले गण्डकीका शप्तधारा भन्नाले निम्न नदीहरुलाई इङ्गित गरेको छ । जस अनुसार मादी माद्री माहेन्द्री मत्स्येन्दी नाम अनेक भए पनि नदी एउटै भएको जनाउन पुगेको छ ।
सप्तधारा प्रशंसन्ति गण्डकी तुल्य पूण्यदा ।
मेदिका शुक्लिका माद्री मेद गङ्गा च कर्मदा ।।७।।८।।
ख) राजा उपरीचर तथा सुधन्वाको देश चेदी चुंदी नभएर चुंदेर र सो को शितकालिन रजस्थल गल्बुबेसीको सुनाघडेरी हो ।
यसै गरी देवीभागवतमा लेखिएको राजा उपरीचर भनिने सुधन्वाको चेदी देशको राजधानी थियो दमौली । दमौली बजार भन्दा पूर्व व्यास-१ गल्वुवेसीमा सुनाघडेरी भनिने स्थान अद्यापि रहेको छ । सुना घडेरी नजिकै गजडाँडा (हात्ती राखिने स्थल) गजेडाँडासंगै यस्का समिपमा सुन्धुवा बोटे जातिको तलको गरो तलगरो, तलकोघर तलघर हुँदै बनेको तालघरे, गरी खाने थलो माझिखेत, रानीको जन्म तथा कर्मघर रानीगाउँ, रानीका मनोरञ्जनका लागि विहार गर्ने गल्वुवेसी पूर्वको रानीवन (गल्बुखोल्सादेखि पूर्वको वाहिनी खोला सम्मको जंगली भूभाग) सहितको विशाल चेदी स्वतन्त्र ठकुर्याई स्थापना थियो दमौलीमा । हालको चुँदेर नै तत्कालिन चेदी देश थियो भन्ने प्रमाणहरु मिल्दछन् । = पुराणकालीन समयमा चेदिका नाम गरेको एक प्राचीन देश थियो । सोही चेदि देशका जनतालाई चेदिका भनिन्थ्यो । चेदिपति भन्नाले चेदि देशका मालिक मानिन्थ्यो । चेदिका पति अर्थात चेदि देशका राजाको नाम उपरीचरवशु (सुधन्वा) थियो । तिनै उपरीचर तथा सुधन्वा राजाले सिकार खेल्ने क्षेत्रलाई चेदि ऐह्रा भन्न थालियो । कालन्तरमा त्यही चेदी ऐह्रा अपभ्रंश भइ चुँदेर बन्न गएको हो भन्न सकिन्छ । व्यास-१ गल्बुबेसीमा सुनाघडेरी भन्ने स्थान सो संगै गजेडाँडा, तालघरे, डिहीगाउँ र रानी गाउँ भेटिनुले सुनघडेरी राजा सुधन्वाको घडेरी थियो भन्ने संकेत गर्दछ। व्यास-५ साँगेक्षेत्रमा धौम्य ऋषिको स्मारक धुवान ढुङ्गा तथा चुंदेर र मादीनदी पारीको क्यामिन गा.वि.स. स्थित दुलैपानीको वनलाई द्वैतवन (जुम्ल्याहा) भन्ने गरिएको हनु पर्दछ । अहिले चुँदेरमा कथित तल्लो जातको चुनाराहरु बसेको स्थान हुनाले उपरीचर वशुको राज्य नाम दिन संकोचले पर न परको चुंदीलाई चेदी भनिएको हो जस्तो लाग्दछ । यस्ता कुराहरुको छिनोफानो बेलैमा हुनु जरुरी छ ।
ग) पारकोट राज्यको रजस्थल तनहू पूर्वको पुर्कोट नभएर पश्चिम स्थित साभुङ्ग भगवतीपुरको पुर्कोट हो की ?
वास्तवमा पूर्कोट कालीगण्डकी नदीको पूर्व तनहुँको साभुङ्ग भगवतीपुरको कोट नै पर्दछ भन्न सकिन्छ । गण्डकी माहात्मयम् अनुसार शुचिराश्वका नाती पारकोटका राजा पारका आत्मज शिवभक्त राजा नीपले शिवको आरधाना गरी आफ्नो नामवाट नेपाल निर्माण गरेको इतिहांस बताउँछ । बाइस जंागर नजिकको पूरकोट काली गण्डकी नजिक नभएर मरस्याङ्गदी नदी तटमा पर्दछ । यसैले पारकोट परकोट बाइस जंगार नजिकको नभएर साभुङ्गको पूर्कोट हुनु पर्दछ भन्ने कुरा यहाँ स्थित अबधुत धुनी स्थलले समेत प्रमाणित गर्दछ । नेपाली शव्द कोशमा नीपको अर्थ देश र देशवासी दुवै अर्थमा समेटेको पाईएको छ ।
घ) पारकोट राज्यको रजस्थल तनहुँ पूर्वको पुर्कोट नभएर बन्दिपुर स्थित पार्चे र डिही पारकुना हो की ?
तनहुँको पुरानो सदरमुकाम बन्दिपुरको मुकुन्देश्वरी डाँडाको काखमा पारकुना र पारकुनाको दक्षिण पूर्व थरुवास भन्दा तल पारचे भन्ने थलो, नजिकै रानीचौर र मणिथुम भेटिन्छन् भने पारकुना भन्दा पश्चिम राजा पारका छोरा निपले दरवार बनाएको स्थान निपश्वाँरा रहेको छ। तनहुँ जिल्लाका पूर्व-पश्चिममा भेटिएका पूरकोट भन्दा मुच्चोक डाँडाको काखमा भेटिएको पार्चे नै पार राजाको रजस्थल हो भन्न सकिने भएको छ । पार्चेलाइ विग्रह गरियो भने पार राजाको नाम र चे भन्नाले धर्मात्मा भन्ने जनाउन्छ ।
हस्तिनापुरका राजा हस्तीका आठौं पुस्ताका सुचिराश्व (रुचिराश्व)का छोरा पारले गण्डकी क्षेत्रमा आफ्नो वाहुवलले पारकोट राज्यको स्थापना गर्नु भएको थियो । पार राजाले गण्डकी प्रश्रवण क्षेत्रको राज्यस्थापना गर्नु भएकोले उहांको नामवाटै राज्यको नाम पनि पारकोट राखिएको पाईन्छ । पारका छोरा नीप हुन भन्ने विषयमा समेत गण्डकी माहात्म्य लेख्दछ ।
सोम वंशोदभव भवो राज सुचिरास्व महावल।
सुचिरास्व सुतः पारस्तपुत्र नीप एव च ।
परः पुरध्वंसी हिमशैले समागतः ।
हत्वाम्लेछान् विकर्मथिश्चकार देशमुत्तमम् ।
ङ) नीप राजको नामबाट नेपाल
गण्डकी माहात्मय अनुसार शुचिराश्वका नाती पारकोटका राजा पारका आत्मज शिवभक्त राजा नीपले शिवको आरधाना गरी आफ्नो नाउँबाट नेपाल निर्माण गरेको वारेमा गण्डकी माहात्म्य लेख्दछ । निप राजाको निप स्वाँरा हाल पनि व्यास-१३ मा रहेको पाउँदछौं ।
पारस्य तनयो शिवभक्तो महामति ।
समाराध्य शिवं तत्र नेपालस्तेन निर्मित।।
नीप शव्दको प्रयोग वैदिक ग्रन्थहरुमा समेत गरेको पाईन्छ तर नेप शव्दको प्रयोग गोपाल वंशावलीमा र माणिक कोशमा मात्र प्रयोग भएको पाईन्छ । पाणिनीको अष्टध्यायीमा पनि नीप शव्द व्युत्पतिका साथ प्रयोग भएको छ । कोशमा नीपको अर्थ देश र देशवासी दुवै अर्थमा समेटेको पाईएको छ । नीपको अर्को नाम नेप पनि जनाउँछ । तिव्वती भाषामा नेपा को विषयमा ने को अर्थ मध्य र पा को अर्थ देश अर्थात मध्य देश भन्ने जनाउँछ ।
च) व्यासेश्वर महादेव र धर्नुधर अर्जुन युद्ध
पूर्वीय साहित्य दर्शनका महाकवि तथा वैदिक सनातन धर्मका प्रणेतातथा संसारकै प्रथम सदगुरु महर्षि वेदव्यासको जन्म स्थल दमौली नै भएको प्रसस्त प्रमाणहरु वैदिक वेद तथा पुराणहरुमा पाइन्छन ।
दमौलेरुत्तरे मादी नदी तिरे मनोहरे।
धौम्यर्षेराश्रमो रम्य : पाण्डवानां पुरोधस ।।६०।।
न्यवसन् व्यासदत्तेन शिव मन्त्रेण यक्षयुक् । अजुनो˜गात तपस्प्तुं क्षेत्रं पाशुपततं व्रती ।।६२।।
दमौलीबाट उत्तर दिशामा पाण्डवहरुका पुरोहित धौम्य ऋषिको आश्रम सांगे खोला किनारमा रहेको छ नदि किनारमा रहेको उक्त स्मारकलाइ अहिले पनि धौम्य यज्ञ शिला तथा धुवाने ढुङ्गा भनेर चिनिन्छ । उनै धौम्य ऋषिको आश्रमस्थलको पास भएर बहने मादी नदीको दुवै किनार तर्फ द्वैत बन रहेको छ । कौरव र पाण्डवहरुको युद्धमा पाण्डवहरुको विजय लाभार्थ धौम्य मुनीले व्यासेश्वर महादेव सित शिवमन्त्र र प्राप्त गर्न र भगवान पशुपतिनाथ संग पाशुपतास्त्र प्राप्त गर्ने तरिका सिक्न व्यासेश्वर महादेव समिप अर्जुनलाई पठाएका थिए रे । घाट तार्न बसेका सुन्धुवा बोटेहरुले अर्जुनलाई बयादि फल खान दिए तर बोटेहरुलाई धनुर्धर अर्जुनले व्यासेश्वर महादेवलाई चिन्न सकेनन् । धर्नुधर अर्जुन र व्यासेश्वर महादेव बीच घमासन युद्ध भयो । अन्त्यमा महादेवलाई चढाएको पुष्पार्ण व्यासेश्वर महादेवको पैतालामा चढेको देखिंदा अर्जुनले व्यासेश्वर महादेवको पहिचान गर्न सफल भए । सोही समयमा व्यासेश्वर महादेवले धनुर्धर अर्जुनलाई भगवान पशुपतिनाथ संग पाशुपतास्त्र प्राप्त गर्ने शिवमन्त्र सिकाएको प्रसङ्ग पनि आउँछ ।
छ) व्यास अवतरण दिवश तथा ज्ञान दिवश ?
व्यास-जन्म-तिथौ माघी-संक्रान्तौ स्मृतामाञ्जन :। व्यास जन्मोत्सवं यत्र कुरुते प्रतिवत्सरम् ।।५६।।
महर्षि वेदव्यास माघे सक्रानितका दिन जन्मनु भएको हो । जन्मनासाथ तपस्वी बनेका व्यासले आषाढ पूर्णिमाका तिथिमा ज्ञान प्राप्त गरेको हुनाले यसलाइ गुरुपूर्णिमा तथा ज्ञानदिवशको रुपमा मान्ने गरिएको हो भन्नु पर्दछ ।।
ज) सनातन धर्मालम्वीहरुको पवित्र गुरुधाम दमौली
गौतमबुद्ध जन्मेको स्थल लुम्बिनी विश्वकै बौद्ध धर्मालम्वीहरूको पवित्र तीर्थस्थल बनेको छ । त्यसरी नै मक्का मदिना सम्पूर्ण इश्लाम धर्मावलम्विहरूको पवित्र तीर्थस्थल र प्रभु यशु ख्रिष्ट जन्मेको स्थल जेरुसेलम सम्पूर्ण इशाईहरूको पवित्र तीर्थस्थल र प्यालेस्टाइन सम्पूण अरवीहरुको पवित्र भूमि बनेका छन् । वेदव्यास जन्मस्थलको महत्व उजागर गर्न हामी निकै पछाडी परेका छौं । यसैले महर्षि वेदव्यास जन्मस्थलको परिचय गराउन मात्रै हामीले निकै कडा परिश्रम गर्नु पर्ने भएको छ । भगवान् महर्षि वेदव्यासको जन्मस्थल दमौली नेपालीको मात्र नभई विश्वकै सम्पूर्ण हिन्दूहरू र çकार परिवारहरुको पवित्र तीर्थस्थल पनि हो । वेदव्यासको मूर्ति धार्मिक ऐतिहासिक सम्पदा मात्र नभएर आध्यात्मिक आस्थाको धरोहर पनि हो । त्यही पवित्र भूमि गुरुधाम दमौली विश्वका पौने तीन अरव हिन्दुहरुको पवित्र गुरुधाम तथा तीर्थस्थल बनोस ।
हरेक चतुर्युगका अन्त्यमा वेदहरूको लोप हुने विश्वाश लिइएको छ । लोप हुन लागेको वेदको उद्धार गर्न सत्य युगमा कपिला आदि ज्ञानीको रूपमा, त्रेतायुगमा चक्रवर्ती राजाको रूपमा राम र द्वापर युगमा उनै भगवान् व्यास रूपमा भूमण्डलमा अवतरित हुने गर्दछन । उनै व्यासले श्रुतिमा रहेको वेदलाई ऋगवेद, सामवेद, शुक्ल यर्जुवेद र अथर्ववेद समेत चार भाग लगाई लिपिबद्ध गरेका थिए । यसै गरी उहाँले १८ पुराण १८ उपपुराण, अनेकौं स्मृति ग्रन्थहरुको लिपिबद्ध गरेका थिए भने महाभारत जस्तो महाकाव्य पनि रचना गरेका थिए । उनै महर्षि वेदव्यास, ब्रम्हाका खनाति महर्षि वशिष्ठका पनाति, महर्षि शक्ति नाति र पराशर ऋषिको आत्मज पनि हुन । उनी पूर्विय दर्शनका महाकवि र वैदिक सनातन धर्मका प्रवर्तक पनि हुन । गुरुहरुका पनि गुरु भएकाले महर्षि वेदव्यासलाई जगदगुरु पनि भनिन्छ ।
यहाँ स्थित महाभारत पर्वत श्रृंगखलाका भृगु ऋषिले तपस्या गरेको स्थल भृगुकोट हुँदै बनेको भिरकोट, महाहनु ऋषिले तपस्या गरेको क्षेत्र मानहुँ, ऋष्यऋङ्ग ऋषिले तपस्या गरेको भूमि रिसिङ्ग, गर्ग ऋषिले तपस्या गरेको स्थान गल्बु, वेद मौलाएको स्थान वैदी देवताहरुको जमघट हुन स्थल देवघाट जस्ता पवित्र भूमिहरु प्रसस्त पाइन्छन् । यही पावन भूमि भएकै कारण हस्तिनापुरका राजा हस्तीका आठौं पुस्ताका सुचिराश्व (रुचिराश्व)का छोरा पारले गण्डकी प्रशवण क्षेत्रमा पारकोट राज्यको स्थापना गरेका थिए । साँच्चै भन्ने हो भने उनी महान शक्तिशाली पनि थिए । योगि नरनाथको देवदेशो हिमालय पुस्तकमा पूकाशित सामाग्री अनुसार “इसी गण्डकी अञ्चलकी स्याङ्गजा नुवाकोट जिलेमे काली गण्डकीके पूर्व तट पर लर्सघाकि पास पारकुट या पारकोट शुभ स्थल कालिका भैरव आदि देवताओंसे प्रतिष्ठित हैं ।” यसै गरी गण्डकी महात्म्यमले पनि काली गण्डकी र त्रिशुली गण्डकीको प्रशवण क्षेत्रको बीचमा पारकोट राज्य पर्दछ जुन संसारभरी प्रख्यात छ भनेको छ जस्तै अन्तराले महानद्यो गण्डकी शुल गण्डयो ।
पारकोटाभिध्यस्तस्याद्देश सर्वत्र विश्रुत।
पारकोटेन्य तीर्थच वर्तते पुण्डयदायकम।
माद्रीका शुक्ल गण्डक्यो स‹मे शंकराभिदम ।
त्यही पारकोट देशको सेतीमादी गण्डकीको संघममा शंकरतीर्थ छ जुन तीर्थ संसारभरका पुण्ड्यभुमिहरु भन्दा महान पूण्डभूमिको रुपमा मानिन्छ ।
ज) श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ सहितको प्रथम महर्षि
वेदव्यास पर्यटन महोत्सव व्यास क्षेत्र विकास कोषले २०७४ असोज कार्तिक महिनादेखि १०८ फिट अग्लो व्यास मूर्ति शिलन्यास गर्ने समय तोकिएको थियो । कोषसंग रकम ४६ लाख मात्र मौज्दात देखिन्छ । त्यतीले रकमले जग खन्ने र जग सिलन्यास गर्नलाई पुग्न्ेछ । थप नपुग रकमको लागि आगामी मंसिर महिनामा श्रीमददेवी भागवत नवाह ज्ञान महायज्ञ लगाउने निर्णय समेत गरी सकेको छ । माघ १ देखि ११ गतेसम्म लगातर माघ महिनासम्म प्रथम महर्षि वेदव्यास पर्यटन महोत्सव आयोजना गरेमा यसले सार्थकता पाउने छ भन्ने हाम्रो विश्वास रहेको छ । वैदिक सनातन धर्मका प्रेणता तथा संसारकै प्रथम महान गुरु महर्षि वेदव्यासको जन्मस्थान दमौलीमा १०८ फिट अग्लो मूर्ति निर्माण भएमा दमौली एक धार्मिक पर्यटन को गन्तव्य स्थल बन्नेमा कुनै शंका छैन । अस्तु ।










