भौतिकवादी दर्शन र हाम्रो समाज

सुरेशकुमार पाण्डे

देशलाई आवश्यक पर्ने मुख्य खुराक भनेको भौतिकवादी दर्शन नै हो । जनताको आधारभूत आवश्यकता पनि भौतिकवादसँग नै जोडिएको छ । इतिहास साक्षी छ– संसारमा भएका सबै प्राविधिक, वैज्ञानिक र प्रविधिक उपलब्धिहरू भौतिकवादकै परिणाम हुन् । हामीले दैनिक उपभोग गर्ने अन्नदेखि लिएर उच्चतम वैज्ञानिक आविष्कारसम्म सबै भौतिक विज्ञानकै उपज हुन् । प्रकृतिद्वारा प्राप्त स्रोत र साधनलाई आवश्यकता अनुसार रूपान्तरण गर्ने माध्यम नै भौतिकवाद हो । चराचर जगत् बुझ्ने दृष्टिकोणको विकास पनि भौतिक ज्ञानद्वारा सम्भव भएको छ । मानव सभ्यताले शताब्दीयौँदेखि यसबारे अध्ययन, अनुसन्धान र बहस गर्दै आएको छ ।

विज्ञान भनेको आँखा चिम्लिएर गर्ने साधना होइन, न त चमत्कारद्वारा प्राप्त हुने तत्व हो। विज्ञान भनेको निरन्तर खोज, अनुसन्धान र प्रयोगको परिणाम हो। जस्तै– डाक्टरले मानव शरीर र मस्तिष्कका अंग र तिनका कार्यबारे अध्ययन गर्छन्, त्यस्तै भौतिक विज्ञानले पनि समाजमा के कमी छ र त्यसको समाधान कसरी सम्भव छ भन्ने कुरा पत्ता लगाउँछ ।

गाई, भैंसी र बाख्राको दूधमा के फरक हुन्छ, कुन तत्व बढी वा कम हुन्छ भन्ने पत्ता लगाउनु, किसानले उत्पादन गरेको अन्नको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरा– यी सबै भौतिक ज्ञानका उदाहरण हुन् । यसैले हाम्रो जीवन र प्रकृतिसँग भौतिक विचारको अभिन्न सम्बन्ध रहेको छ ।

ढुङ्गे युगमा पनि मानिसले ढुङ्गा तिखारेर सिकार गथ्र्यो– त्यो पनि विज्ञानकै प्रारम्भिक रूप हो । त्यही युगमा भारी ढुङ्गा चलाउन साप्लो (ज्याक)को प्रयोग हुन्थ्यो, त्यो पनि विज्ञानकै उपयोग थियो। विगतमा कुनै घटना घट्दा ध्वजा फहराउने चलन आध्यात्मिक नभई व्यवहारिक विज्ञानसँग सम्बन्धित थियो, जुन पछि अन्धविश्वास र पूजाको स्वरूपमा रूपान्तरण भयो । मानिसले बुझ्नभन्दा पूजालाई सजिलो ठानेर त्यसलाई दैवीकरण ग¥यो– यही मानवीय कमजोरीले अन्धविश्वास बलियो बनायो ।

विज्ञान कहिल्यै पुरानो हुँदैन, न त यसको मूल्य घट्छ । यो त निरन्तर नयाँ रूपमा विकसित हुँदै जाने प्रक्रिया हो । हाम्रो समाजले भौतिक विज्ञानको प्रयोग गर्दै आएको छ, र आज हामी त्यसकै जगमा उभिएका छौं ।

गरिब, किसान र श्रमजीवी वर्गको हितका लागि समाजलाई शोषणमुक्त कसरी बनाउन सकिन्छ भन्ने अध्ययनकै परिणामस्वरूप कार्ल माक्र्सको समयमा भौतिकवादी दर्शनले गुणात्मक रूप पायो । माक्र्स र एंगेल्सले यसलाई वैचारिक आधार दिए भने लेनिन र स्टालिनले त्यसलाई व्यवहारमा उतारे । रूसमा भएको समाजवादी क्रान्तिले संसारभर शोषणविरुद्धको आन्दोलनलाई बलियो बनायो । पछि माओत्सेतुङले चीनमा जनवादी क्रान्ति गरेर भौतिकवादलाई नयाँ उचाइमा पु¥याए । आज चीनले भौतिक सोचकै बलमा विश्व शक्तिको रूप लिएको छ ।

यद्यपि समयसँगै प्रतिक्रान्तिहरू पनि भए, भौतिकवादी चिन्तन भने निरन्तर विकसित हुँदै आएको छ । विश्वका धेरै देशहरूमा माक्सवादी सिद्धान्तका आधारमा सामाजिक रूपान्तरणका प्रयास भएका छन् । तर हाम्रो देशमा परम्परागत र रूढीवादी समाज संस्थागत रूपमा बलियो छ । जबसम्म हामी चेतनशील नागरिकका रूपमा यस्ता कुसंस्कारबाट मुक्त हुँदैनौं, तबसम्म भौतिक ज्ञानलाई आत्मसात् गर्न सक्दैनौं । भौतिक विज्ञान अपनाउन नसकेसम्म राजनीतिक दल, विचारधारा वा शासन प्रणाली जति परिवर्तन भए पनि देशले गुणात्मक प्रगति गर्न सक्दैन ।

आज पनि हामी विज्ञानका उपलब्धिलाई चमत्कारको रूपमा लिन्छौं– रोग निको पार्ने डाक्टरलाई होइन, त्यसको श्रेय भगवानलाई दिइन्छ । हवाईजहाज बनाउने इञ्जिनियर होइन, ‘दैवी शक्ति’को प्रशंसा गरिन्छ । यसले मानिसलाई आत्मनिर्भर होइन, निर्भर बनाएको छ । चेतनाको यही कमीले समाजलाई पछि पारेको हो ।

डार्विनले भनेझैं “निषेधको निषेध” बाटै विकास सम्भव हुन्छ । नयाँ कुरा पुरानो जगमा टेकेर अघि बढ्छ । एउटा बीउबाट हजारौं दाना जन्मिन्छन्– यही नै विकासको वैज्ञानिक सिद्धान्त हो ।

राजनीतिक दलहरूले समाजलाई सही दिशामा लैजाने क्षमता राख्नुपर्छ । तर आजका धेरै दलहरूले जनतालाई भ्रममा पारेर सत्ताको भ¥याङका रूपमा प्रयोग गर्दै आएका छन् । कम्युनिष्ट भनेर चिनाउने दलहरू पनि यही जालमा परेका छन् ।

यदि भौतिक ज्ञान, व्यावहारिक नीति र वैज्ञानिक सोच भएका अग्रगामी शक्तिको हातमा देशको शासन आयो भने देशको मुहार परिवर्तन हुन सक्छ । तर हाम्रो रूढिवादी समाज अझै पनि अन्धविश्वास र कुसंस्कारमा बाँधिएको छ । यही कमजोरीले अवसरवादलाई बलियो बनाएको छ र भौतिकवादको जरामा प्रहार गरेको छ ।

धर्मको आवरणमा पाप गर्ने चलन समाजमा गहिरो बनिसकेको छ । यस भ्रमको जालबाट समाजलाई मुक्त गर्नसके मात्र देशले गुणात्मक विकास गर्नेछ । तर प्रश्न यहीँ छ– “त्यो अफिमको नशाबाट समाजलाई मुक्ति कसले दिलाउने?” जबसम्म मानिस चेतनशील र विवेकशील बन्दैन, तबसम्म देशको अवस्था यस्तै रहिरहनेछ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker