भानुमा पाठेघर सम्बन्धी निःशुल्क परीक्षण शिविर

तनहुँको भानु नगरपालिकामा पाठेघर सम्बन्धी निःशुल्क शिविर हुने भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार गरिने भएको छ ।
भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाण्डौंको संयुक्त आयोजनामा निःशुल्क शिबिरको कार्यक्रम हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवकर पौडेलले बताए। चैत्र २८ गते बुधबार वडा नं. १० को कालिमाटी स्थित नगर स्तरीय अस्पतालबाट, चैत्र २९ गते बिहिबार भानु-३ को खहरेमा स्थित भानु स्वस्थ्य चौकीबाट र चैत्र ३० गते शुक्रबार पुरनडिहि नगर अस्पतालबाट बिहान १० बजे देखि ४ बजे सम्म शिबिर संचालन हुने स्वस्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुभाष रेग्मीले बताए ।
स्त्री रोगसंग सम्बन्धित रोगहरु जस्तै पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा उपचार हुने हुँदा उक्त अवसरको लाभ स्वास्थ्य रहन नगरपालिकाले महिला दिदीबहिनीहरुमा अनुरोध गरेको छ ।