रेशम किराको जीवनचक्र

तनहुँको बन्दीपुरस्थित व्यवसायिक कीट विकास केन्द्रको परिसरमा राखिएको रेशम किरा र खेतीको जीवनचक्र । अन्तर्राष्ट्रिय बजारमा रेशम धागोको माग उच्च रहेपनि पछिल्लो समय रेशम किरा खेती गरी धागो उत्पादन गर्ने व्यवसाय लोपको संघारमा पुगेको छ । रेशम धागोलाई सेतो सुनको नामले परिचित भएपनि बढि लागतमा कम प्रतिफल हुनेभएपछि युवाहरु यस तर्फ आकर्षित हुन सकेका छैन । केही वर्ष अघिसम्म बन्दीपुरमा यसको व्यवसायिक खेती हुनेगरेपनि अहिले केन्द्रले रेशम किरा संरक्षणको काम मात्र गर्दै आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










