एमाले तनहुँको १०औं अधिवेशन : ४०६ मत गणना, कंडेल समुहको अग्रता कायमै (अपडेट)
भञ्ज्याङन्यूज

नेकपा एमाले तनहुँको गत शुक्रबारदेखि दमौलीमा आयोजित १०औं अधिवेशन अन्तर्गत आज पनि मतगणना कार्य जारी रहेको छ । कुल ५६० मत खसेकोमा हालसम्म ४०६ मतगणना गरिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार हरिराज कंडेल समुहको अग्रता कायमै रहेको छ । जिल्ला कमिटीको अध्यक्ष पदका उम्मेदवार हरिराज कंडेलले हालसम्म २३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले १६३ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा राजेश्वर ढकालले २२४ र श्रीराम कार्कीले १७३ मत प्राप्त गरेका छन् । सचिवमा प्रदीपराज अधिकारीले २२६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धि अनिल पाण्डेले १६९ मत प्राप्त गरेका छन् ।
उपसचिवमा खिम कुमालले २३७ र आरके पोख्रेलले १४७ मत प्राप्त गरेका छन् भने उपसचिव महिलामा सुनिता नेपालीले २२९ र बसुन्धरा घर्तीले १५६ मत प्राप्त गरेका छन् ।
जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा २३ जना सदस्य निर्विरोध चयन भएका छन् भने अन्य पदमा आइतबार साँझ निर्वाचन भएको थियो । निर्वाचनमा कूल ५६० मतदाता सहभागि भएका थिए ।










