उदास, निराशा र डिप्रेसनबाट मुक्त हुन चाहनुहुन्छ भने यी ५ कुराहरू सधैं ख्याल गर्नुहोस्

प्राय: मानिसहरू प्रेम पाउँदा धेरै खुशी महसुस गर्छन् । तर सबैले आफूले चाहेको माया पाउँछन् भन्ने छैन । प्रेममा कसैको सहयोग नपाउँदा वा चाहेको कुरा नपाउँदा पीडा महसुस हुन्छ । व्यक्ति आफू टुटेको आभास गर्न थाल्छ । यसलाई एक प्रकारको भावनात्मक संकट पनि भन्छन् । तपाईं विस्तारै उदास, चिन्ता, क्रोध जस्ता भावनाहरूले घेरिन थाल्नुहुन्छ । यस्तो अवस्थामा तपाईंले आफ्नो ख्याल राख्नु अति आवश्यक छ । आफ्नो मनलाई नियन्त्रणमा राख्नुहोस् । विज्ञहरूका अनुसार यसमा दुई कुराले सबैभन्दा बढी मद्दत गर्छ, पहिलो औषधि र दोस्रो कम्युनिकेसन (सञ्चार) वा टक थेरापी । थेरापी र औषधिको सहायता लिनुअघि भावनाहरू सम्हाल्न केही कुराहरुमा ध्यान दिनु महत्त्वपूर्ण छ ।

तनाव मुक्त जीवन

चिन्ताले तनाव निम्त्याउँछ । यसले हाम्रो सन्तुलन बिगार्छ । यसले हाम्रो मुड बिगार्छ । जीवनका कठिन कामहरूलाई अझ कठिन बनाउन यसले सहयोग गर्छ । श्वासप्रश्वास प्रविधि, संज्ञानात्मक प्रविधि, विश्राम प्रविधि आदि जस्ता धेरै प्रविधिहरूको माध्यमबाट तनाव नियन्त्रण गर्ने प्रयास गर्न सक्नुहुन्छ । यी सबै कुराले भावनात्मक रूपमा निको पार्न मद्दत गर्नेछन् ।

यी हुन् मानसिक रुपमा निको पार्न सक्ने ५ कुराहरु:

१. मानसिक रुपमा निको हुनका लागि आत्म–हेरचाह

आत्म–हेरचाहले मानसिक उपचारमा सबैभन्दा बढी मद्दत गर्दछ । पहिले तपाईं को हुनुहुन्छ भनेर आफैलाई स्वीकार गर्नुहोस् । यसको अर्थ तपाईं जे चाहनुहुन्छ त्यही गर्नु हो । सीमा निर्धारण गर्नु, आफैंमाथि विश्वास र विचार राख्नु, आफ्नो मूल्यमान्यताको पक्षमा उभिँदा मानसिक रूपमा निको हुन मद्दत गर्छ । आफूले लगाउन चाहेको लुगा लगाउने, आफूले खान चाहेको खाना खाने, आफूले भन्न चाहेको कुरा बोल्ने जस्ता धेरै कुराहरु यसभित्र पर्छन्, जसले स्वत: तपाईंलाई बलियो महसुस गराउँछ ।

२. आफूलाई चिनाउनुहोस्

हरेक व्यक्तिमा आ–आफ्नो गुण, क्षमता र प्रवृत्ति हुन्छ । व्यावसायिक प्रगतिको लागि आफूलाई परिवर्तन गर्नु ठीक छ । तर हरेक सानो तिनो कुरा र विचारका लागि सम्झौता गर्नु ठीक होइन । आफ्ना गुणहरू चिन्नुहोस्। तपाईं जस्तो हुनुहुन्छ त्यसरी नै बसेर आफ्नो भावनात्मक पीडा कम गर्न सक्नुहुन्छ । तपाईं आफैलाई संकटबाट बचाउन सक्नुहुन्छ ।

३. अरुको प्रेम पाउनुहोस्

तपाईं जे चाहनुहुन्छ त्यो प्राप्त नहुने धेरैलाई हुन्छ । तर यो प्रेम वा खुशीको अन्त्य होइन । तपाईंले प्रेम पाउन अरूलाई पनि माया गर्नुपर्छ । उनीहरूको विचारसँग सहमत हुनुपर्छ । अरूलाई प्रेम गऱ्यौं भने हामी आनन्दित र राम्रो महसुस गर्छौं । हामी पनि लामो समयसम्म बाँच्न सक्छौं । यसबाट जीवन अझ अर्थपूर्ण महसुस हुन्छ । हामी अरूको वास्तविकता स्वीकार्छौं । आफ्ना साना साना योजनामा अरूलाई पनि सामेल गराउनुहोस् । बोल्ने मात्र होइन, सुन्ने पनि गर्नुहोस् । आफ्नो गल्ती स्वीकार गर्नुहोस् र सच्याउनुहोस् ।

४. मनलाई नियन्त्रण गर्नुहोस्

हामीले सोच्ने कुराभन्दा बढी भावनात्मक पीडा अरू कुनै कुराले दिदैँन् । हामीले त्यस्ता विचारहरूको पहिचान गर्नुपर्छ जुन हाम्रा लागि उपयोगी हुँदैनन् । तिनीहरूलाई लिएर झगडा गर्नु वा अरूलाई सम्झाउनुको अर्थ हुँदैन् । त्यसको साटो तिनीहरूलाई समयमा नै त्याग्नुहोस् । यस्ता सोचाइले भावनात्मक पीडा दिन्छ । तपाईं आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुहुन्छ । मनमाथि नियन्त्रण राखेर मानसिक उपचार गर्न सकिन्छ ।

५. मानसिक रुपमा निको हुन विगत बिर्सनुहोस्

हरेक पल आफ्नो विगतलाई बिर्सने कोसिस गरौं । विगतमा दुखेको धागोले खु:शीतर्फ फर्कनबाट रोक्न सक्छ । यसलाई नराम्रो सपनाजस्तै ठानेर भुल्ने कोसिस गर्नुहोस् । हामी हाम्रो मानवीय प्रवृतिसँग खेलबाड नगरेर विगतबाट छुटकारा पाउन कोसिस गर्न सक्छौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker