मानसिक स्वास्थ्यसंगै लागुऔषध नियन्त्रणमा समुदायको जोड

ढोरफूलबारी शहीद अस्पतालमा सचेतना तथा योग कार्यक्रम, आत्महत्या रोकथाममा खुलेर संवाद गर्न आग्रह

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित ढोरफूलबारी शहीद अस्पतालमा मानसिक स्वास्थ्य सचेतना, योग तथा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा बिहीबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, योग तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो। सहभागीले मानसिक स्वास्थ्य समस्यालाई लुकाएर राख्नेभन्दा समयमै पहिचान गरी खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता शुक्लागण्डकी नगरपालिका–१० का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र भट्टराईले गरेका थिए। प्रमुख अतिथिका रूपमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी सहभागी थिए ।

त्यस्तै, जिल्ला समन्वय समितिका सदस्य खिमलाल भण्डारी, हरिनास गाउँपालिका–३ का वडा अध्यक्ष ओमप्रकाश सिग्देल तथा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी लगायतले सहजिकरण गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख दवाडीले जानकारी गराएका थिए । कार्यक्रममा ढोरफूलबारी शहीद अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. विज्ञान क्षेत्री, शुक्लागण्डकी नगरपालिकाका जनस्वास्थ्य अधिकृत सन्ध्या पौडेल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठ, नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता विजया पौडेल, आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक गोपालप्रसाद श्रेष्ठ, प्रदेश जनस्वास्थ्य कार्यालयका मनोसामाजिक तथा खोप फोकल पर्सन शंकरबाबु अधिकारी र परिवार नियोजन फोकल पर्सन सुदीप कँडेलले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी तिवारी र सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले तनहुँ जिल्ला तथा शुक्लागण्डकी क्षेत्रमा लागुऔषध दुव्र्यसनको अवस्था, यसबाट उत्पन्न चुनौती तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराएका थिए। लागुऔषध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै परिवार, विद्यालय, समुदाय र स्थानीय तहको समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, अस्पताल र शुक्लागण्डकी नगरपालिका–१० तथा ११ अन्तर्गतका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, प्रहरी, युवा क्लबका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, नागरिक अगुवा र अन्य सरोकारवालाको सहभागिता थियो ।

मानसिक स्वास्थ्य समस्याका विषयमा समाजमा अझै पनि रहेको संकोच र भ्रम हटाउन समुदायस्तरबाटै संवाद आवश्यक रहेको सहभागीले बताएका थिए। विशेषगरी आत्महत्याको जोखिममा रहेका व्यक्तिको पहिचान, मनोसामाजिक सहयोग तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउन परिवार र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।

कार्यक्रमको सञ्चालन ढोरफूलबारी शहीद अस्पतालमा कार्यरत एचए तथा मनोसामाजिक फोकल पर्सन सफल आलेले गरेका थिए । कार्यक्रमले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आत्महत्या रोकथाम र लागुऔषध नियन्त्रणका लागि स्वास्थ्य, सुरक्षा, स्थानीय सरकार, विद्यालय र समुदायबीच सहकार्य बलियो बनाउनुपर्ने सन्देश दिएको छ । आयोजकले ‘मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी खुलेर कुरा गरौँ, स्वस्थ रहौँ’ भन्ने सन्देशसहित सचेतना विस्तारमा जोड दिएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker