‘पब्जी’ को स्थानमा अक्षयको ‘फौजी’ : सामाजिक सञ्जालमा उडाइदैछ मजाक

एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यसको उद्देश्य भनेको भारतीय बजारमा पब्जीले बनाएको स्थान लिनु हो । चिनियाँ मोबाइल गेम पब्जीमाथि प्रतिबन्ध लगाउने बित्तिकै यसको घोषणा गरिएको थियो ।

बैङ्लुरुस्थित एनकोर गेम्स नामक कम्पनीले यो गेम तयार गरेको हो र यसलाई पब्जीको प्रतिद्वन्द्वी भनिएको छ । कम्पनीले यस गेमलाई फौजी नाम दिएको छ र यो अक्टोबरको अन्त्यसम्ममा बजारमा आउने भनिएको छ ।
कम्पनीका अनुसार अक्षय कुमारले नै यस खेलको नाम जुराएका थिए । शुक्रबार अक्षयले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारत अभियान अन्तरगत यस खेललाई ल्याइएको जानकारी दिएका थिए ।

कम्पनीका सह संस्थापक विशाल गोंडलले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै यस खेलको पूरा नाम ‘फियरलेस एन्ड युनाइटेड गार्डस्’ भएको जानकारी दिए । यस गेमा धेरै समयदेखि काम भइरहेको र यस खेलको पहिलो लेभल गलवान घाटीमा आधारित रहेको बताए ।

गलवान घाटीमा नै चीन र भारतका सैनिकबीच जुनमा पहिलोपटक हिंस्रक झडप भएको थियो । यसमा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । त्यहाँ वास्तविक नियन्त्रण रेखालाई लिएर दुई देशबीच तनाव जारी रहेको छ ।

यही गतिरोधका बीच भारत सरकारले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीद्वारा बनाइएका ११८ अन्य मोबाइल एपमाथि बुधबार प्रतिबन्ध लगाएको थियो ।

पब्जी अर्थात् प्लेयर अन्नोन्स ब्याटलग्राउन्डस् केही समयदेखि भारतमा लोकप्रिय रहेको थियो । विशेष गरेर युवामाझ लोकप्रिय यस खेलमा प्रतिबन्ध लगाएपछि यसको विरुद्ध तिखो प्रतिक्रिया देखिएको छ ।

आलोचकका अनुसार फौजीको माध्यमबाट एनकोर गेम्स ‘राष्ट्रवाद’ को व्यापार गर्न खोजिरहेको छ । कम्पनीका सह संस्थापक विशाल गोंष्लले मोबाइल गेमबाट हुने कूल आम्दानीको २० प्रतिशत भारतीय सेनाका शहिद परिवारलाई दिने घोषणा गरेका छन् ।

आलोचनाका साथै सामाजिक सञ्जालमा यसको धेरै खिल्ली पनि उडाइदैछ । हेरौँ केही रोचक पोष्टहरुः

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker