डिजिटल विश्वको साइड इफेक्ट : स्क्रिन टाइम बढ्नाले बच्चाको आखासंगै पुरै स्वास्थ्य खराब

एजेन्सी

डिजिटल ग्याजेटको धेरै प्रयोग हामी सबैका लागि हानिकारक छ । कोरोना भाइरसमा पढाइदेखि काम सबै अनलाईन भएको छ । जर्नल अफ सकूल हेल्थमा प्रकाशित एक हालैको अनुसन्धान अनुसार यी दुुई वर्षको अवधिमा बच्चामा स्क्रिन समय बढ्नाले नराम्रो असर परेको छ । यो अनुसन्धान बेलायतको एंग्लिया रस्किन युनिभर्सिटीको भिजन विज्ञहरुले गरेका हुन् । उनीहरुका अनुसार धेरै बेरसम्म मोबाइल फोन वा कम्प्यूटरको स्क्रिन हेर्नाले बच्चाको आँखासहित उनीहरुको पुरै स्वास्थ्य प्रभावित भएको छ ।

विश्भरीका बच्चामा स्क्रिन समय बढ्यो

कोरोनाका कारण सिर्जित लकडाउनमा विश्वका धेरै देशमा अनलाईन पढाई सुरु भएको थियो । यसमा अभिभावकलाई बाध्यतावश आफ्नो बच्चालाई डिजिटल ग्याजेट दिनु प¥यो । अनुसन्धामा यो विषयसँग जोडिएको अर्को अध्ययनको पनि समीक्षा गर्नु परेको थियो । क्यानडामा ८९ प्रतिशत अभिभावकले आफ्ना बच्चाहरु २ घन्टा भन्दा पनि बढी स्क्रिन हेर्नु परेको थियो । यो देशको स्वास्थ्य निकायले जारी गरेको निर्देशिका भन्दा बढी हो । यसैगरी जर्मनीमा स्क्रिन समय १ घन्टा प्रति दिन बढेको छ ।

चिलीमा भएको एक अध्ययनमा पनि स्कुल नजाने साना बच्चा र प्रि स्कुलमा पढ्ने बच्चाको स्क्रिन समय दुुई गुणाले बढेको देखिएको छ । ट्यूनिसियाको अनुसन्धानका अनुसार महामारीमा ५ देखि १२ वर्ष उमेरको बच्चामा स्क्रिन समय १११ प्रतिशतसम्म बढेको थियो ।

6-7 years cute child learning mathematics from computer.

स्क्रिन टाइम बढ्नाले शारीरिक नोक्सानी

डिजिटल ग्याजेट्सको धेरै प्रयोगबाट सबैभन्दा नोक्सानी बच्चाको आखामा परिरहेको छ । उनीहरुलाई आखा पोल्ने, सुख्खा हुने, अस्थिर दृष्टि जस्ता समस्या आइरहेको छ । यस बाहेक गर्धन र काँध पनि दुख्ने समस्या सामान्य भएको छ । यो स्क्रिन को सामु लामो समयसम्म एकै पोजिसनमा बस्नाले हुन्छ । अनुसन्धानका अनुसार गतिहीन जीवनशैली र धेरै खाने बानीले बच्चामा मोटोपनाको खतरा पनि बढेको देखिएको छ । हामी सबैलाई थाहा छ कि गम्भीर बिरामीको कारकनै मोटोपना हो ।

बच्चा कयौ डिभाइस एकै पटक प्रयोग गर्छन्

अनुसन्धानका अनुसार बच्चा र टीनएजर एकै साथ कयौ डिभाइस प्रयोग गर्छन् । उदाहरणका लागि ल्यापटपमा भिडियो हेर्दाको समय मोबाइलमा सोशल मिडियाको उपयोग गर्नु । यसले आखामा २२ प्रतिशत धेरै असर पर्छ ।

कसरी राख्ने आफ्नो बच्चाको स्वास्थ्यको ध्यान :

– बच्चाको स्क्रिन समय सीमित गर्नुस् । उनीहरुलाई सुुत्ने एक घन्टा पहिले मोबाइल चलाउन नदिनु ।
– बच्चालाई अनलाइनको सट्टा अफलाइन गेम खेल्नका लागि प्रेरित गर्नु ।
– उनीहरुलाई डिजिटल विश्वको हानीको बारेमा बताउनु । फोनमा चाइल्ड लक लगाएर उनीहरुलाई सुरक्षित गर्नु ।
– बच्चालाई स्क्रिन का कारण हुने शारीरिक र मानसिक समस्याको बारेमा जानकारी गराउनु ।
– तपाईसँग इन्टरनेटमा जो नकारात्मक घटना भएको छ, बच्चालाई खुलेर बताउनु ।
– बच्चाको सामु तपाई पनि स्क्रिन प्रयोग नगर्नु । उनीहरुसँग अन्य माध्यमबाट समय व्यथित गर्नु ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker