कसरी बन्यो इन्टरनेट युगको चर्चित चिन्ह @ ? यस्तो छ इतिहास !

एजेन्सीको सहयोगमा

कहिलेकाहीँ यस्तो हुन्छ कि कतिपय खोज तथा आविष्कारहरु गलत समयमा हुन्छन् । उदाहरणका लागि टिन ओपनर, जुन टिन बन्नुभन्दा ५० वर्ष अगाडि नै बनेको थियो ।

स्मरण रहोस् पहिलो फ्याक्स मेसिन सन् १८४३ मा बनाइएको थियो । @ को आविष्कार चाहिं आजभन्दा ५ सताब्दी अगाडि नै भएको हो । तर त्यतिबेला न त @ जोडेर कसैलाई ट्याग गर्ने चलन थियो न त कसैलाई खुसी वा रिस उठाउनका लागि @ को प्रयोग हुन्थ्यो ।

हामीलाई के थाहा छ भने @ को पहिलो प्रयोग सायद इमेलसँग भयो होला । तर यसको प्रयोग सन् १५३६ मै भएको हो । तर त्यस समय यो चिन्हको प्रयोग राजा हेनरी अष्टमलाई ट्याग गर्नका लागि कसैले गर्दैनथे । सुरुवातमा @ को प्रयोग कुनै सामानको मूल्य प्रति एकाइ जनाउनका लागि गरिएको थियो ।

आखिर कसले पत्ता लगायो @ रु यस विषयमा विभिन्न कहानीहरु छन् :

छैटौँ तथा सातौँ सताब्दीमा @ चिन्ह कुनै अल्छी पादरीहरुले बनाएका थिए भन्ने मान्यता पनि छ । अन्तहीन पाण्डुलिपीहरुलाई कपी गर्नका लागि शर्टकट चिन्हको खोजी गर्ने क्रममा उनीहरुले ल्याटिन शब्दहरुको सहारा लिए । त्यसक्रममा उनीहरुले towards वा at (ad) मा a को पछाडि d को लामो पुछरजस्तो घुमाएर @ तयार गरे ।

@ को आविष्कार सम्बन्धी एक अर्को दाबी अनुसार फ्रान्सेली पत्रकारले यो चिन्हको पहिलो प्रयोग गरेका हुन् । उनीहरु बत लाई छोटकरीमा (à) लेख्दथे । समय बँचाउनका लागि त्यसलाई विस्तारै @ लेख्न थाले । त्यसबेला पत्रकारले @ लाई त्यहीँ अर्थमा प्रयोग गर्दथे जुन अद्यापि छ ।

एक अर्को कहानी अनुसार @ को पहिलो प्रयोग एक दस्तावेजमा भएको थियो जुन १५३६ मा प्रकाशित भएको हो । यो एक पत्र थियो जसलाई फ्लोरेन्टिनका एक व्यवसायी फ्रान्सेस्को लपीले लेखेका थिए ।

उनले each at भन्ने शब्दावलीको छोटकरीमा @ लेखेका थिए । जस्तै १४ कागती @ १० डलर । उनले ब र भ अक्षरलाई मिलाएर @ तयार गरेका थिए । सोह्रौँ सताब्दीमा पहिलोपटक आधिकारिक रुपमा प्रयोग भएको @को प्रयोग त्यसपछि सयौँ वर्षसम्म भएन । अन्ततः कम्प्युटर वैज्ञानिक रे टोमिल्सनले सन् १९७१ मा यसको प्रयोग सुरु गरे ।

रे टोमिल्सनलाई आर्पानेट प्रणालीमा जोडिएका कम्प्युटरमा इमेल पठाउने विधिको खोजी गर्ने जिम्मा दिइएको थियो । आर्पानेटलाई इन्टरनेटका पिता भनिन्छ । सुरुवाती इन्टरनेट जुन खासै आधुनिक किसिमको थिएन र उपयोग पनि सिमित मानिसहरुले मात्र गर्दथे ।

त्यसबेला टोमिल्सनले मानिसको नाम पछाडि @ चिन्ह लगाएर उसको कम्प्युटरको नम्बर वा नाम थपिदिए । त्यसपछि एक कम्प्युटरबाट अर्को कम्प्युटरमा मेसेज पठाउन सकियो ।

रे टोमिल्सनका अनुसार उति त्यतिबेला केवल एउटा चिन्ह खोजिरहेका थिए जसको प्रयोग कम भन्दा कम भएको होस् । केही अध्ययन पछि उनलाई @ को बारेमा थाहा भयो । र उनले त्यसलाई आफ्नो आर्पानेट सिस्टममा इमेल पठाउनका लागि उपयोग गरे ।

त्यसपछि @ इन्टरनेट जगतको सर्वाधिक प्रयोग हुने अभिन्न चिन्ह बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker