विपद्बाट क्षतिग्रस्त संरचना निमार्ण गर्न दुई अर्ब ८८ करोड लाग्ने

काठमाडौँ : यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ ।

सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पु¥याएको जानकारी दिनुभयो ।

“स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुङ्गे पुल आंशिक क्षति र ३२ झलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ,” उहाँले भन्नुभयो, “यी संरचना पूर्णरुपमा निर्माण तथा सुधार गर्न रु एक अर्ब ७७ करोड चार लाख लागत अनुमान गरिएको छ ।”

बज्राचार्यले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बागमती, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीमा थुपारेको माटो तथा गेग्रान निकाल्न रु १२ करोड ८१ लाख लागत अनुमान गरिएको जानकारी दिनुभयो ।

“अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट निर्माण भएका नदी तटबन्ध, पर्खाललगायतका अन्य संरचनामा क्षति पुगेको छ,” उहाँले भन्नुभयो, “यी संरचना बनाउन अनुमानित रु ७० करोड लाग्ने छ ।”

उहाँका अनुसार काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत चाँगुनारायण, मध्यपुरथिमि, र सूर्यविनायक नगरपाालिकामा पर्खाल भत्किएको, सूर्यविनायक नगरपालिकामा सडक भासिएको, पुलमा क्षति, धोविखोला अन्तर्गत खाउला छेउका पर्खाल, करिडोरका बाटो तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ । “यी संरचना बनाउन तथा सुधार गर्न रु ११ करोड ४६ लाख लाग्ने छ”, उहाँले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker