चीनबाट ऋण लिनैहुँदैन भन्ने अभिव्यक्ति अपरिपक्व छन् : उपसभापति वाग्ले

तनहुँ : प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले बताएका छन् ।

प्रधानमन्त्री ओली मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको बेला रास्वपाका उपसभापतिबाट उक्त प्रतिक्रिया आएको हो ।

तनहुँको दमौलिमा शनिबार आयोजित पार्टी कार्यक्रममा सांसदसमेत रहेका रास्वपा उपसभापति वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका हुन् ।

वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने धारणा राखे । नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने वाग्लेको भनाइ छ । ‘एक प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३०/४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ,’ उनले भने, ‘केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।’

उपसभापति वाग्लेले रास्वपा मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पारेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker