तौल बढेर चिन्तित हुनुहुन्छ ?, खाना छाड्ने होइन यी कुरामा ध्यान दिनुस्

मोटोपन भए के गर्ने ? धेरैलाई लाग्छ, ‘खान छाड्ने ।’ नियमित खुराक कटौती गरेपछि मोटोपन बढ्दैन भन्ने लाग्छ । त्यसैले त मोटोपन घटाउने चक्करमा धेरैले आफ्नो छाक छाडिरहेका हुन्छन् । तर, खाना छाड्दैमा मोटोपन घट्दैन । बरु यसले कमजोरी र शरीरमा पोषणको अभाव हुनसक्छ ।

नियमित खानामा कटौती गर्ने भन्दा पनि शारीरिक व्यायाम गर्नु उचित हुन्छ । शारीरिक रुपमा सक्रिय भएपछि वा शरीरको समूचित व्यायाम गरेपछि तौल नियन्त्रण गर्न संभव हुन्छ ।

तौल घटाउनका लागि आजको भोलि नै संभव हुने पनि होइन । यसका लागि लामो समय लाग्न सक्छ । नियमित व्यायाम गर्ने, उचित खानपान गर्ने, सक्रिय रहने हो । यस किसिमको नियमित प्रक्रियाले तौल नियन्त्रणमा प्रभावकारी सहयोग पुग्छ ।

थोरै थोरै व्यायाम गर्ने

अत्याधिक मोटो व्यक्तिलाई विभिन्न किसिमको रोगको जोखिम पनि उच्च हुन्छ । त्यसैले, स्वस्थ जीवन बाँच्नकै लागि पनि तौल कम गर्नु पर्छ । तर कतिपय व्यक्तिलाई मोटोपनाकै कारण व्यायाम गर्नमा समस्या हुने गर्छ । समस्या भयो भन्दैमा व्यायाम छोड्नु हुँदैन । नियमित रुपमा जति सकिन्छ त्यति एक्सरसाइज गरेर पनि शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

मर्निङवाक गर्ने

धेरै मोटो भएकै कारण कठिन व्यायाम गर्न सकिदैन भने हल्काफुल्का व्यायाम गर्न सकिन्छ । यसको लागि मर्निग वाक उत्तम विकल्प हुनसक्छ । बिहान नियमित रुपमा करिब आधा घण्टा मर्निक वाक गर्नाले मात्र पनि शरीरमा निकै ठूलो परिवर्तन देखा पर्छ ।

मर्निङवाक गरेमा शरीरमा रक्तसञ्चार प्रभावकारी ढंगले हुन्छ । शरीर फुर्तिलो रहनुका साथै मुटु स्वस्थ रहन्छ । त्यतिमात्र हैन, नियमित रुपमा हिडेमा शरीरको वोसो कम भएर तौल स्वत कम हुँदै जान्छ । यदी कोही व्यक्ति मोटो भएकै कारण धेरै ँिहड्न सक्दैन भने सुरु सुरुमा कम्तीमा बीस मिनेट भएपनि हिँड्नै पर्छ । पछि विस्तारै विस्तारै हिँडाईको रफतार र समय बढाउँदै लैजान सकिन्छ ।

हात खुट्टा झट्कार्ने

हामी सोच्छौ, मर्निङवाक गर्नु भनेको हिँड्नु मात्र हो । तर यदी तौल घटाउनकै हिँड्ने हो भने हिँड्ने समयमा पनि विशेष कुराहरुमा ध्यान दिनुपर्छ । उदाहरणको लागि तौल कम गर्न हिड्दै हुुनुहुन्छ भने हातलाई झट्कार्दै तिव्र गतिमा हिँड्नु पर्छ ।

हिँड्दा हातलाई क्रमश अगाडी पछाडी लैजानु पर्छ । यो विधि अपनाएमा शरीरको वोसो मात्र हैन, हातखुट्टामा लागेको वोसो पनि क्रमिक रुपमा कम हुँदै जान्छ । यसबाहेक, अर्को कुरामा पनि विशेष ध्यान दिन जरुरी छ । त्यो के हो भने हिँड्दा नाकले सास फेर्नु पर्छ । नाकले सास फेरेमा पेटमा दवाव पर्छ । पेटमा भएको बोसो छिटो पग्लने गर्छ ।

स्ट्रेचिङ्ग गर्ने

मोटो व्यक्तिलाई सुरु सुरुमा स्टे«चिङ्ग गर्न अप्ठेरो हुनसक्छ । यदी साच्चै नै स्टे«चिङ गर्न गा¥हो छ भनेर हल्का टहलिनु पनि काफी छ । तर टहििलन सुरु भएको एक दुई हप्ताबाटै हातखुट्टालाई तन्काएर स्ट्रेचिङ्ग भने अवश्य गर्नु पर्छ । हात ताथ खुट्टाको स्ट्रेचिङ्ग गर्दा हातलाई फैलाएर खुट्टाको बलले हल्का उफ्रनुपर्छ ।

व्यायामको सुरुवात

दौडन तथा स्ट्रेचिङ सुरु गरेको करिब एक हप्ता पश्चात्त नै जस्तोसुकै मोटो व्यक्तिले पनि हल्का व्यायाम गर्न सक्दछन् । तर त्यसको लागि दौडन तथा स्ट्रेचिङ गर्न भने छोड्नु हुँदैन ।

व्यायाम गर्नका लागि भुईमा म्याट्रस विच्छ्याएर सुत्नु पर्छ । त्यसपछि दुवै हातलाई दायाँबाया सिधा बनाएर सिधा राख्नु पर्छ । अब आफ्नो हातलाई मोडेर हत्केलालाई जोडेर टोउको सम्म लैजानु पर्छ । यसपछि खुट्टालाई मोडेर साइकल चलाए झै चलाउनु पर्छ । हेर्दा तथा सामान्य लाग्ने यो एक्सरसाइजले मात्र पनि तौललाई तिव्र गतिमा घटाउन सकिन्छ ।

व्यायाम गर्ने बानी

एक पटक यी व्यायाम सुरु गरिसकेपछि विस्तारै विस्तारै अन्य व्यायाम गर्न पनि शुरु गर्नुपर्छ । यसरी व्यायाम गर्दा खासै समस्या हुँदैन, जुन सुरुवाती चरणमा हुन्थ्यो । र, व्यायामको समयलाई क्रमश बढाउँदै लैजानुपर्छ । एकै पटक धेरै व्यायाम गर्न सकिदैन भने पनि समस्या छैन । दिनमा दुई–तीन पटक विभिन्न किसिमका व्यायाम गरेर पनि शरीरलाई फिट एवं स्वस्थ राख्न सकिन्छ । एजेन्शीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker