अल्सरको उपचार कसरी गर्ने ?

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ । ग्यास्ट्राइटिस र हेलिकोब्याक्टर पाइलोरी नामक जीवाणु एच पाइलोरी इन्फेक्सन (दूषित पानी र अस्वस्थ खानपिनबाट सर्ने संक्रमण) का कारण हुने गर्छ । सबभन्दा बढी यसले नै अल्सर गराउँछ ।

अन्य कारणमा दुखाइ कम गर्ने एन्टिबायोटिक औषधिको लगातार प्रयोग, बाथरोथ र दीर्घरोगीलाई प्रयोग गर्ने स्टेरोइड औषधिको प्रयोग, अत्यधिक धुम्रपान र मदिरापान गर्ने, जंगफुड धेरै खानेलाई आन्द्रामा घाउ भएर अल्सर हुने सम्भावना हुन्छ । पछिल्लो समय बढ्दो मानसिक तनावका कारण धेरै मानिस अल्सरबाट ग्रसित छन् । लामो समय खाली पेट बस्ने व्यक्तिमा पनि यो रोग हुने जोखिम बढी हुन्छ ।

कसरी थाहा पाउने ?

अल्सर भएमा पेटको माथिल्लो भाग दुख्ने गर्छ । खाली पेटमा वा खाना खाइसकेपछि केहीबेरमा पेट दुख्ने, खानामा अरुचि हुने, बान्ता हुने, ग्यास र अपच हुने, पेट भारी हुने, तौल घट्ने हुन्छ । अल्सर बढ्दै गएपछि मुखबाट रगत आउने, दिसा कालो हुने र शरीरमा रगतको कमी हुने लक्षण देखा पर्छ ।

उपचार

अल्सरको उपचार एन्टिबायोटिक औषधि र शल्यक्रियाबाट गरिन्छ । यदि एचपाइलोरी इन्फेक्सनकै कारण ग्यास्ट्रिक वा अल्सर भएको छ भने ग्यास्ट्रिक र दुई थरीका एन्टिबायोटिक औषधि १४ दिनसम्म बिहान-बेलुका खानुपर्ने हुन्छ । त्यसपछि लक्षण हेरेर ६ देखि आठ हप्तासम्म एन्टिबायोटिक र ग्यास्ट्रिकको औषधिको सेवन गरेपछि निको हुन्छ । तर ग्याष्ट्रिकको औषधि भने करिब पाँच-छ महिना नियमित सेवन गर्नुपर्ने हुन्छ ।

चिकित्सकको सल्लाहअनुसार औषधिको सेवन गरेमा अल्सर पूर्ण रुपमा निको हुन्छ । तर औषधिको प्रयोग दुई-तीन पटक दोहोर्‍याएर खाँदा पनि निको नभएमा र आन्द्रामा क्यान्सर भएको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

तर आजभोलि प्राय: औषधिको सेवनले नै निको भइरहेको पाइन्छ । त्यस्तै साधारण ग्यास्ट्रिक मात्र छ भने खानपान र स्वस्थ जीवनशैलीमा परिवर्तन ल्याएर पनि रोकथाम गर्न सकिन्छ ।

रोकथाम

पाचन प्रक्रियालाई बलियो बनाउने, सन्तुलित खानपान गर्ने, दुखाइको औषधि धेरै प्रयोग नगर्ने, मसालेदार, चिल्लो, पिरो अमिलो र जंकफुडको सेवन सकेसम्म कम गर्ने, लामो समयसम्म भोको नबस्ने र खानामा सागसब्जी, सलाद, फलफूल र फाइबरयुक्त खानेकुरा भरपुर मात्रामा खाने गर्न सकिन्छ ।

(डा. भण्डारी काठमाडौं चावहिलस्थित हेल्पिङ ह्याण्ड्स र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker