पाहुनाको स्वागत

तनहुँको भानु नगरपालिका-१३ ठूलोढुङ्गा स्थित टुटेपानी सामुदायिक होमस्टेमा आएका पाहुनालाई स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालकहरु । होमस्टेमा आउने पाहुनालाई स्थानीयले बासुरी र मादलको धुनसंगै गुरुङ समुदायको परम्परा अनुसार स्वागत गर्ने गर्दछन् । गण्डकी प्रदेशकै नमुना सामुदायिक होमस्टेका रुपमा व्यवस्थापन गरिएपनि यहाँ पुग्ने सडकको स्तरोन्नती नहुँदा सहजै पाहुन पुग्न नसक्ने अवस्था रहेको छ । तस्विर : भञ्ज्याङ










