बालमैत्री पालिका निर्माणको अभियानमा आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिका बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानको सुरुवात गरेको छ । बालमैत्री स्थानीय शासनको अवधारणा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले बुधबार एक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पालिका उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिकाका जनप्रतिनिधि, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, बालमैत्री स्थानीय शासन समितिका सदस्यहरू, शिक्षा शाखा प्रमुख र स्वास्थ्य संस्थाका प्रतिनिधि तथा वडा सचिवहरूको उपस्थितिमा बालमैत्री पालिका निर्माणको अभियानको शुभारम्भ गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेशका राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले अभियानको शुभारम्भ गर्दै बालमैत्री गाउँपालिका निर्माणका उद्देश्य र महत्वका विषयमा सहजिकरण गरेका थिए ।

यस अवसरमा गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित उपस्थितहरुले आ.व. २०८२ सालको चैत महिनासम्म गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन सामूहिक प्रतिबद्धता जनाउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै, गाउँपालिका अध्यक्ष चुमानले गाउँपालिकाले बालमैत्री गाउँपालिका निर्माणको अभियान सञ्चालन गरेको र यस अभियानलाई सफल बनाउन सबैलाई आ–आफ्ना ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । उनले यस अभियानले बालबालिकाहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्दै, भविष्यमा आँबुखैरेनी गाउँपालिकालाई एक आदर्श बालमैत्री गाउँपालिका बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker