मदन भण्डारीको ७२औं जन्मजयन्तीमा अन्तरक्रिया कार्यक्रम

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले तनहुँले मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा जनताको बहुदलीय जनवाद विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला कमिटीको पार्टी कार्यालय दमौलीमा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य एवं तनहुँ इन्चार्ज तिलक महतले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको चर्चा गरे । उनले नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि मदन भण्डारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गरे ।

जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य सविता रसाइली, केन्द्रीय सल्लाहकार परिषद सदस्य एक बहादुर राना, प्रदेश सचिवालय सदस्य नारायण खनाल, रामचन्द्र उपाध्याय, सितराम बजगाई, विष्णु भक्ता सिग्देल तथा विभिन्न जनवर्गीय संगठनाका प्रमुख एवं प्रतिनिधिहरुले मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योग्दानको चर्चा गरेका थिए ।

विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उहाँको सरल जीवनशैली, आदर्श, निष्ठा र संघर्ष सबैका लागि अनुकरणीय र प्रेेरणादायी भएको चर्चा गरेका थिए । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker