नयाँ वर्षको अवसरमा आज होटल व्यवसायी तनहुँले दमौलीमा सांगितिक साँझ गर्दै

दमौली : नयाँ वर्ष वि.सं. २०८२ का अवसरमा होटल व्यवसायी संघ तनहुँले आज साँझ दमौलीमा सांगितिक साँझ गर्दैछ । संघले नेपाली नयाँ वर्षको अवसर पारी आज चैत ३१ गते सांगितिक साँझ आयोजना गरेको हो ।
संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले नयाँ वर्षमा युवायुवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको र आवश्यक तयारी पुरा भएको जानकारी गराए ।
विगतका वर्षमा कार्यक्रम गर्दा घाटा भएपनि निरन्तरताका लागि कार्यक्रम गर्न लागिएको बताउँदै उनले भने, ‘कार्यक्रममा ¥यापर बुद्ध लामा, विवेक लामा, मन्जु सेन्ताङ र डिजे मिनी दुराको प्रस्तुती रहनेछ ।’
संघका अध्यक्ष गिरबहादुर थापाले यो कार्यक्रम संघको वार्षिक कार्यक्रम जस्तै बनेकाले नयाँ वर्षका अवसरमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
नयाँ वर्षमा दमौलीमा कार्यक्रम नहुँदा युवायुवती अन्यत्र जाने अवस्था रहेकाले स्थानीय स्तरमै मनोरञ्जन गराउने अवसर सिर्जना गर्न सांगितक कार्यक्रम आयोजना गरिएको र त्यसको आवश्यक तयारी पुरा भएको उनले बताए ।