टिनएजर्स पुस्ताको लभस्टोरीमाबन्यो वेभ सिरिज ‘लभ बर्डस्’

  • भञ्ज्याङ समाचारदाता (पोखरा)

एमडी वर्क्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्डस्’ सार्वजनिकहुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिकगर्दै वेभ सिरिजबारे जानकारी दिएको हो । अभिनेता समेत रहेकामनिस केसीको निर्देशनमासिरिज बनेको हो ।

निर्देशकीय हिसाबले मनिसको यो पहिलो फिल्महो । ‘पोखरामा थुप्रै कलाकारहरु र फिल्म मेकरहरु छन् । यद्यपी अहिलेसम्म यहीबाटै वेभ सिरिज निर्माण हुन सकिरहेको थिएन । पोखराबाट पनि वेभ सिरिज सम्भव छ र यसले राष्ट्रियस्तरमा छाप छाड्न सक्छ भन्ने लागेपछि हामीले काम अगाडि बढाएका हौँ ।’ वेभ सिरिजलाई लिएर निर्देशक केसी आशाबादी सुनिए ।

यो वेभ सिरिज सार्वजनिक भएपछि यहाँका अन्य मेकरहरुलाई थप सहज हुने केसीको विश्वास छ । ‘हामीले गरेको काम पोखराका कलाकारहरु र मेकरहरुले पनि स्थानीय रुपमै काम गर्दा त्यसको राम्रो रिजल्ट निस्कन सक्छ भन्ने एकखाले ट्रायल पनि हो’ मनिसले भने ।

सार्वजनिक टिजरमा टिनएजर्स पुस्ताको माया देखाउन खोजिएको छ । प्रेम, बिछोड र युवापुस्ताको जिवनशैलीलाई कथानक रुपमा भन्न खोजिएको यो वेभ सिरिज चाँडै नै एमडी वर्क्सको अफिसियल युट्युबमार्फ रिलिज हुने कम्पनीले जनाएको छ ।

सिरिजको टिजरमा अभिषेक गुरुङ र मुस्कान गुरुङलाई फिचर गरिएको छ । र, यो वेभसिरिजका मुख्य कलाकारहरु पनि यी दुइ हुन् । सुनिता केसी र डेजिना लामिछाने केसी सिरिजका लगानीकर्ता हुन् । दिपेश केसीले खिचेको यो सिरिजको संगीत नेत्र गुरुङले गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker