बन्दीपुर अस्पताल र केबलकार बीच सहकार्यको सम्झौता

बन्दीपुर : ऐतिहासिक तथा पर्यटकीय गन्तव्य बन्दीपुरमा अब स्वास्थ्य सेवा र यातायात पहुँच अझ सहज हुने भएको छ । स्थानीय स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन र क्षेत्रीय समन्वयलाई मजबुत पार्न बन्दीपुर अस्पताल र बन्दीपुर केवलकार एण्ड टुरिजमबीच औपचारिक सहकार्य सम्झौता गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई बन्दीपुर अस्पताललाई आफ्नो प्रथम सेवा विन्दुका रूपमा रोजेका बीमित सेवाग्राहीहरुले केबलकारको दुईतर्फी यात्रामा सहुलियत प्राप्त गर्ने भएको छ । उक्त सुविधा बन्दीपुर गाउँपालिका मात्र नभई, भानु, गोरखा, आँबुखैरेनी, व्यास क्षेत्रका सेवाग्राहीले पनि उपयोग गर्न सक्ने भएका छन् ।
त्यस्तै, बन्दीपुर गाउँपालिका अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्य सेवा प्रदायकहरूले समेत ठुलोढुंगादेखि बन्दीपुरसम्मको केवलकार यात्रा सहुलियत दरमा गर्न पाउने व्यवस्था मिलाइएको छ । यसले आपतकालीन स्वास्थ्य सेवा पु¥याउन सहज हुने तथा अस्पतालमा बिरामीको पहुँच सरल हुने बन्दीपुर केबलकार ऐन टुरिजमका का.मु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले बताए ।
सहकार्य अन्तर्गत, अस्पतालले आपतकालीन अवस्थामा उद्धार सेवा प्रदान गर्ने तथा केवलकार स्टेशनमा एम्बुलेन्स व्यवस्था गर्ने जिम्मेवारी लिएको छ । उता, केवलकार कम्पनीले बीमा कार्ड तथा सम्बन्धित कागजातको आधारमा  सहुलियत दिने छ । बीमा कार्ड निष्क्रिय भएमा वा आवश्यक कागजात पेश नगरेमा सहुलियत नपाइने जनाएको छ ।
बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका का.मु प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठबीच पाँच पृष्ठ लामो सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker